बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

नबिल बैंकले कात्तिकका लागि ब्याजदर घटाउँदा एभरेष्ट र कुमारीको स्थिर

बुधबार, असोज ३० २०८१
नबिल बैंकले कात्तिकका लागि ब्याजदर घटाउँदा एभरेष्ट र कुमारीको स्थिर

एभरेष्ट बैंकले कात्तिकमा ब्याजदर स्थिर राखेको छ। बैंकले कात्तिक १ गतेदेखि लागु हुने गरी असोज महिनामा तोकेको ब्याजदर नै यथावत राखेको जनाएको छ ।

काठमाडौं- नबिल बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाउँदा एभरेष्ट र कुमारीले स्थिर राखेका छन्। 

नबिलले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ५.२५ प्रतिशत र रेमिट्यान्स खातामा ७.२५ प्रतिशत ब्याजदर तोकेको छ। यसअघि असोजमा बैंकले व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको थियो।

कात्तिकमा साधारण बचततर्फ सबै खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ। यसअघि सबै बचत खातामा सोही ब्याजदर नै थियो।

बैंकको आधारदर ७.२४ प्रतिशत छ भने स्प्रेडदर भने ४ प्रतिशत रहेको छ। यसअघि बैंकको आधारदर ७.४२ प्रतिशत छ भने स्प्रेडदर भने ३.९९ प्रतिशत रहेको थियो। बैंकको आधार दर घटेसँगै कर्जाको ब्याजदर पनि स्वतः घट्ने देखिन्छ।

बैंकले कर्जा प्रवाह गर्दा ०.२५ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ। साथै बैंकले स्थिर कर्जाको ब्याजदर ८.४९ प्रतिशत तोकेको छ।

एभरेष्ट बैंकले कात्तिकमा ब्याजदर स्थिर राखेको छ। बैंकले कात्तिक १ गतेदेखि लागु हुने गरी असोज महिनामा तोकेको ब्याजदर नै यथावत राखेको जनाएको छ ।

बैंकले विभिन्न बचत, मुद्दती खाता र कर्जाका खाताहरूमा असोजको ब्याजदर नै लागु हुने बताएको छ। बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत तोकेको छ। यस्तै बैंकले कात्तिकमा साधारण बचत खातामा ३.०५ प्रतिशत ब्याज दिनेछ।

यस्तै कुमारी बैंकले पनि ब्याजदर स्थिर राखेको छ। बैंकले असोजको ब्याजदर नै कात्तिकमा लागु हुने जनाएको छ। बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत तोकेको छ। साधारण बचत खातामा ४.५१ प्रतिशत ब्याज प्रदान गर्नेछ।


प्रकाशित : बुधबार, असोज ३० २०८१०८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend