बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

बढ्न थाल्यो कर्जा प्रवाह, सेयर धितोतर्फको कर्जा १०.७ प्रतिशत बढ्दा अन्य क्षेत्रको कति?

मंगलबार, असोज २९ २०८१
बढ्न थाल्यो कर्जा प्रवाह, सेयर धितोतर्फको कर्जा १०.७ प्रतिशत बढ्दा अन्य क्षेत्रको कति?

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १.५ प्रतिशतले, विकास बैंकहरूका १.१ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ३.० प्रतिशतले बढेको छ।

काठमाडौं- गत आर्थिक वर्ष कर्जा प्रवाह ठप्प भएपनि चालु वर्षको सुरुवातदेखि नै कर्जा प्रवाह वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा ७३ अर्ब ३९ करोड कर्जा प्रवाह बढेको छ। वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ।

२०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंक क्रमशः ६३ प्रतिशत र ३७ प्रतिशत रहेको थियो। 

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १.५ प्रतिशतले, विकास बैंकहरूका १.१ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ३.० प्रतिशतले बढेको छ।

२०८१ भदौमसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये १३.२ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६६.२ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ। २०८० भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.१ प्रतिशत र ६७.२ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.७ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १.८ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १०.७ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १७.० प्रतिशतले, हायर पर्चेज कर्जा ०.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.२ प्रतिशतले र नगद प्रवाह कर्जा १.१ प्रतिशतले बढेको छ। 


प्रकाशित : मंगलबार, असोज २९ २०८११७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend