बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

महँगीदर ३.८५ प्रतिशत, भारतको भन्दा कम भएको राष्ट्र बैंकको तथ्यांक, कुन समूहमा कति?

मंगलबार, असोज २९ २०८१
महँगीदर ३.८५ प्रतिशत, भारतको भन्दा कम भएको राष्ट्र बैंकको तथ्यांक, कुन समूहमा कति?

तथ्यांकअनुसार २०८१ भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत झरेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत रहेको थियो।

काठमाडौं- नेपाल राष्ट्र बैंकले महँगीदर नियन्त्रणमा रहेकाे तथ्यांक सार्वजनिक गरेकाे छ। तथ्यांकअनुसार राष्ट्र बैंकले भारतमा भन्दा पनि महँगीदर कम भएकाे देखाएकाे छ।

तथ्यांकअनुसार २०८१ भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत झरेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत रहेको थियो।

२०८१ भदौ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ भने सन् २०२४ सेप्टेम्बर महिनामा भारतमा यस्तो मुद्रास्फीति ५.४९ प्रतिशत रहेको छ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशतले वृद्धि रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ प्रतिशत र फलफूलको ४.९४ प्रतिशतले बढेको छ भने मरमसला उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २.६९ प्रतिशतले घटेको छ। 

गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.७१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.७६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०८ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ भने बीमा तथा वित्तीय सेवा उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांकमा परिवर्तन भएको छैन।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.०४ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.७८ प्रतिशतले बढेको छ।

प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६६ प्रतिशत, मधेश प्रदेशको ३.८२ प्रतिशत, बागमती प्रदेशको ३.२९ प्रतिशत, गण्डकी प्रदेशको ३.५० प्रतिशत, लुम्बिनी प्रदेशको ३.५३ प्रतिशत, कर्णाली प्रदेशको ३.५६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.९० प्रतिशत रहेको छ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत, तराईको ४.०९ प्रतिशत, पहाडको ३.६१ प्रतिशत र हिमालको ४.१९ प्रतिशत रहेको छ। २०८० भदौ महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ९.८३ प्रतिशत, ७.०३ प्रतिशत, ८.०९ प्रतिशत र ११.३२ प्रतिशत रहेको थियो।

२०८१ भदौमहिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.७५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.७८ प्रतिशत रहेको थियो। समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १.३९ प्रतिशत, ३.५६ प्रतिशत र २.७७ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.२२ प्रतिशतले घटेको छ।


प्रकाशित : मंगलबार, असोज २९ २०८११७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend