बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोडले बचतमा, विदेशी मुद्रा सञ्चिति १६ अर्ब ४ करोड डलर पुग्यो

मंगलबार, असोज २९ २०८१
शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोडले बचतमा, विदेशी मुद्रा सञ्चिति १६ अर्ब ४ करोड डलर पुग्यो

काठमाडौं- नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको भदौ महिनासम्ममा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५५ अर्ब १० करोडले बचतमा रहेको थियो। 

२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ भदौ मसान्तमा ५.५ प्रतिशतले वृद्धि भएको छ। कुल विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ र अमेरिकी डलरमा १६ अर्ब ४ करोड पुगेको छ। 

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ।  आयात १.१ प्रतिशतले बढेको र निर्यात ५.१ प्रतिशतले घटेको छ। 

नेपाल सरकारको खर्च १३७ अर्ब ५५ करोड र राजस्व परिचालन १६६ अर्ब ३९ करोड रहेको छ। विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.९ प्रतिशतले बढेको  छ। 

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ। 


प्रकाशित : मंगलबार, असोज २९ २०८११७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend