बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

लाइफ इन्स्योरेन्स कर्पोरेसनले हकप्रदका लागि तोक्यो बुक क्लोजकाे समय, लगानीकर्ताले कति पाउँछन्?

मंगलबार, असोज २९ २०८१
लाइफ इन्स्योरेन्स कर्पोरेसनले हकप्रदका लागि तोक्यो बुक क्लोजकाे समय, लगानीकर्ताले कति पाउँछन्?

काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको समय तोकेको छ। 

कम्पनीले कात्तिक ९ गते बुक क्लोज तोकेको हो। बुक क्लोजअघि कात्तिक ८ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

एलआइसीले चुक्ता पुँजीको १ः०.८८ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ। कम्पनीको दोस्रो बजारमा मंगलबार प्रतिकित्ता २१०१ रुपैयाँमा कारोबार भएको छ।

नेपाल धितोपत्र बोर्डले असोज १४ गते हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको थियो।

कम्पनीको हाल चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ।


प्रकाशित : मंगलबार, असोज २९ २०८११६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend