बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

ग्लोबल आईएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २९ २०८१
ग्लोबल आईएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर सम्पत्र भएको छ। 

उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा महालक्ष्मी विकास बैंकको सिफारिसमा ग्लोबल आईएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन्। 

ग्लोबल आईएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो। साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आईएमई बैंक सम्मानित भएको छ। 

ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजारभन्दा बढी सेवा केन्द्र रहेका छन्। 

यसैगरी ‘सबल बैंक, सफल सहकार्य’ भन्ने नाराका साथ वि.सं. २०५२ मा स्थापित महालक्ष्मी विकास बैंकले नेपालमा अग्रणी विकास बैंकको रूपमा आफ्नो परिचय बनाएको छ। बैंकले देशभर रहेका आफ्ना १०३ वटा शाखा कार्यालय, ४९ एटिएमका साथ ८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। 


प्रकाशित : मंगलबार, असोज २९ २०८११६:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend