सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

लुक्ला जान लागेका १ हजार ३ सय विदेशी पर्यटक मन्थलीमा रोकिए

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २९ २०८१
images
लुक्ला जान लागेका १ हजार ३ सय विदेशी पर्यटक मन्थलीमा रोकिए

रोकिएका पर्यटकहरु कोही सडकबाट सोलुखुम्बु सदरमुकाम फाप्लुतर्फ लागेका छन् भने कोही हेलिकप्टरमार्फत सुर्के जान थालेका छन्।

images
images

रामेछाप- सोलुखुम्बुको लुक्ला जान मन्थली आएका १ हजार ३ सय जना विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन्।

images
images
images

काठमाडौंबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका १ हजार ३ सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकूल भएपछि रोकिएका हुन्। 

images
images

रोकिएका पर्यटकहरु कोही सडकबाट सोलुखुम्बु सदरमुकाम फाप्लुतर्फ लागेका छन् भने कोही हेलिकप्टरमार्फत सुर्के जान थालेका छन्।

images
images

नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहका अनुसार समिट, तारा र सीता एअरलाइन्समार्फत लुक्ला जाने तयारीमा रहेका विदेशी पर्यटक रोकिएका हुन्।

मन्थलीबाट पर्यटकीय याममा दैनिक ५५ देखि ६० उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका सूचना अधिकारी प्रज्वल गुरागाईंले जानकारी दिए।

पर्यटकहरु शरद ऋतुका बेला सगरमाथा आधार शिविर पदयात्राका लागि जाने गर्दछन्। रासस


प्रकाशित : मंगलबार, असोज २९ २०८११५:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend