बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

विजयादशमीपछिको पहिलो कारोबारमा हरियालीतर्फ नेप्से, ३ अर्बको कारोबार

मंगलबार, असोज २९ २०८१
विजयादशमीपछिको पहिलो कारोबारमा हरियालीतर्फ नेप्से, ३ अर्बको कारोबार

काठमाडौं- विजयादशमीअघिको अन्तिम कारोबारमा गएको २३ गते बुधबार २६६८.१७ बिन्दुमा रहेको नेप्से बिदापछिको पहिलो कारोबारमा हरियालीतर्फ बढेको छ। यो साताको पहिलो कारोबारमा मंगलबार बजार ३१.४८ अंकले बढेर २६९९.६६ बिन्दुमा पुगेको छ। 

मंगलबार २०५ कम्पनीको सेयर मूल्य बढ्दा ३ अर्ब ६ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ। ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

भदौ महिनाभर कमजोर देखिँदै ४२०.०५ अंकले घटेको सेयर बजार असोज महिनामा केही सुधारतर्फ नै देखिएको छ। कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा 'बाउन्स ब्याक' हुने अपेक्षा राखेका लगानीकर्ताहरू केही उत्साहित देखिन्छन्।  

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। 

पर्ख र हेरको सोचमा देखिएका लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने विश्लेषकहरूको तर्क छ। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई अहिले वृद्धितर्फ लागेर नै पार हुने अपेक्षामा लगानीकर्ताहरू रहेका छन्। सबै सूचकहरूले साथ दिएको बताइए पनि बजार निरन्तर उचाइतर्फ भने बढ्न सकेको छैन। 


प्रकाशित : मंगलबार, असोज २९ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend