बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

लिवर्टी इनर्जीले पायो ५० प्रतिशत हकप्रदको अनुमति

मंगलबार, असोज २९ २०८१
लिवर्टी इनर्जीले पायो ५० प्रतिशत हकप्रदको अनुमति

काठमाडौं- नेपाल धितोपत्र बोर्डले लिवर्टी इनर्जी कम्पनी लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ।

बोर्डले कम्पनीलाई १ः५० अनुपातमा ७५ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो। हकप्रद सेयर निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

हाल लिवर्टीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ। 


प्रकाशित : मंगलबार, असोज २९ २०८११२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend