मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

दुई हाइड्रोपावर कम्पनीले १ करोड कित्ता आईपीओ जारी गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २ २०७८
images
images
दुई हाइड्रोपावर कम्पनीले १ करोड कित्ता आईपीओ जारी गर्ने

दुई हाइड्रोपावर कम्पनीले १ करोड कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएका छन्। दुई कम्पनीले  नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अनुमती माग गरेको छ। 

images
images

काठमाडौं-दुई हाइड्रोपावर कम्पनीले १ करोड कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएका छन्। दुई कम्पनीले  नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अनुमती माग गरेको छ। 

images
images

रसुवागढी हाइड्रोपावरले ६८ करोड तथा पिपुल्स पावर लिमिटेडले ३१ करोडको सेयर जारी गर्न अनुमति मागेका हुन्। रसुवागढीले पुस २३ गते तथा पिपुल्स पावरले पुस २७ गते बोर्डमा अनुमति मागेका हुन्।

images
images

रसुवागढी हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ हजार ४२ लाख १०० कित्ता आईपीओ निष्कासन गर्न माग गर्दै बोर्डमा आवेदन दिएको छ।

images
images
images

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । रसुवागढीले यसअघि नै सर्वसाधारणमा सेयर बिक्री गरिसकेको छ ।

यसैगरी पिपुल्स पावर लिमिटेडले सर्वसाधारण र स्थानी बासिन्दाका लागि कुल ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७४० कित्ता सेयर निष्काशनको अनुमति मागेको छ। पिपुल्स पावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

 


प्रकाशित : आइतबार, माघ २ २०७८०२:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend