शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २९ २०८१
images
सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो

घरमा सुरक्षा नभएर भएका गहना पनि अधिकांश महिलाले बैंकको लकरमा गहना राखेका छन्। धेरैजना त बजारमा पाइने नक्कली गहनामा सजिने गरेका छन्।

images
images

कैलाली- विगतमा शिरदेखि पाउसम्म सुन चाँदीका गहना लगाउन मन पराउनेहरू आजभोलि चाडपर्व तथा उत्सवमा सामान्यमात्र गहनामा सजिन थालेका छन्। सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घटेको हो।

images
images
images

टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन्। हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उनले आजभोलि खासै गहना लगाउँदिनन्। 'विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेको जस्तो लाग्यो', उनले भनिन्, 'तर आजभोलि त्यस्तो छैन, गहना भएका र नभएका दिदीबहिनी उस्तै देखिन्छन्।'

images
images

घरमा सुरक्षा नभएर भएका गहना पनि अधिकांश महिलाले बैंकको लकरमा गहना राखेका छन्। धेरैजना त बजारमा पाइने नक्कली गहनामा सजिने गरेका छन्।

images
images

एकपटक लगाएको गहना तथा पहिरन फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा हालिसकेपछि पुनः लगाउन लगाउन नचाहेर पनि गहना मोह घटेको हुन सक्ने व्यवसायीहरू बताउँछन्।

जोशीपुरकी सविना श्रेष्ठलाई गहना लगाउन असाध्यै मनपर्छ। हरेक पर्वमा गहनामा सजिन मन पराउने सविनालाई आजभोलि सामाजिक सञ्जालले गाह्रो भएको छ। एकपटक लगाएको गहनाको फोटो खिचिसकेको र फेसबुक, टिकटकमा हालिसकेपछि अर्को पटक लगाउन मन लाग्दैन।

'गहना जस्तो कुरा पटकपटक किन्न सकिन्न, सुनको मूल्य डेढ लाख बढी पुगेको छ', उनले भनिन्, 'त्यसैले बजारमा पाइने नक्कली गहना किन्यो, लगायो सहज भएको छ।'

गहना धेरै लगाउँदा सुरक्षा जोखिमसँगै गहना नहुनेहरूले असमानता महसुस गर्छन्। सबै समान देखिएमा समाजमा पनि शान्ति स्थापना हुन्छ। शिक्षक रुपा साउद गहना सम्पत्ति भए पनि गहनाले सुरक्षा चुनौती बढाउने बताउँछिन्।

'गहना धेरै लगाउनु खासै राम्रो पनि होइन, महिलाले सामान्य एकसरो गहना लगाएको राम्रो देखिन्छ, त्यसले अन्यलाई समस्या पनि हुँदैन', उनी भन्छिन्, 'तडकभडक नगरेको राम्रो हो। तर पछिल्लो समय हरेक पर्व नयाँ पहिरन लगाउने चलनले पनि खर्च बढाएको छ। खर्च कसरी कम गर्ने भन्नेबारेमा ध्यान दिनुपर्छ।'

सुनचाँदी व्यवसायी प्रविण साहु विगतमा जस्तो सुनचाँदीको कारोबार नरहेको बताउँछन्। 'सुनको मूल्य बढेकाले पनि व्यवसायमा असर परेको छ। अर्कोतर्फ गहना अत्यावश्यक भएकाले मात्र लगाउने गर्नाले मर्मतको काम पनि घटेको छ', उनले भने, 'सुनचाँदी व्यवसायमा ५० प्रतिशत गिरावट आएको छ।' रासस


प्रकाशित : मंगलबार, असोज २९ २०८१०९:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend