शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

भोलि मंगलबारदेखि तीन दिनसम्म मनकामना केबलकार बन्द हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २८ २०८१
images
भोलि मंगलबारदेखि तीन दिनसम्म मनकामना केबलकार बन्द हुने

दसैँको टीका लगाउन गएकाहरुलाई आउजाउ गर्न सहज होस् भनेर आज एक दिन खुला गरिएको र भोलिदेखि तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

images
images

काठमाडौं- मनकामना केबलकार भोलि मंगलबारदेखि तीन दिनसम्म बन्द हुने भएको छ। मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो।

images
images
images

दसैँको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो। आज द्वादशीको एक दिन भने केबलकार चलाइएको छ।

images
images

दसैँको टीका लगाउन गएकाहरुलाई आउजाउ गर्न सहज होस् भनेर आज एक दिन खुला गरिएको र भोलिदेखि तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

images
images

मनकामना केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको छ। त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी छन्। ती काम असोज २९ र ३० गते काम सकिने अनुमान छ। १ गते विश्राम गरेर कात्तिक २ गतेदेखि सेवा सुरु गरिने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ।

मनकामना केबलकार मर्मत सम्भारका लागि अष्ट्रियाबाट प्राविधिकहरु झिकाइएको छ।


प्रकाशित : सोमबार, असोज २८ २०८११०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend