काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरेका छन्।
व्यवसायी मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङले प्रदान गरेको १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शंकर पोखरेलले बताएका छन्।
हालको एमाले पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेको हो।
व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताएका छन्। एक वर्षभित्र भवन निर्माण गर्ने उनले बताएका छन्।