शनिबार, असोज ५ गते २०८१    
images
images

छोरीलाई पैत्रिक सम्पत्तिमा बराबर हक दिन निर्देशन, तर फाइदा लिँदै घरजग्गा व्यवसायी

images
सोमबार, माघ ३ २०७८
images
images
छोरीलाई पैत्रिक सम्पत्तिमा बराबर हक दिन निर्देशन, तर फाइदा लिँदै घरजग्गा व्यवसायी

कित्ताकाट रोक्ने सरकारी निर्णयपछि अनेक चोरबाटो प्रयोग गरेर जग्गा कित्ताकाट गरिरहेका व्यवसायीलाई सहज हुने गरि भूमि व्यवस्थापन तथा अभिलेख विभागले निर्देशन दिएको पाइएको छ।

images
images

काठमाडौं- कित्ताकाट रोक्ने सरकारी निर्णयपछि अनेक चोरबाटो प्रयोग गरेर जग्गा कित्ताकाट गरिरहेका व्यवसायीलाई सहज हुने गरि भूमि व्यवस्थापन तथा अभिलेख विभागले निर्देशन दिएको पाइएको छ।

images
images
images

नेपालको संविधान २०७२ ले पैत्रिक सम्पत्तिमा छोरा र छोरीको समान हक कायम गरेको भन्दै विभागले अंशवण्डा गर्दा सबै छोराछोरीको नाममा समान हुने गरि पैत्रिक सम्पत्तिको अंशवण्डा गर्न निर्देशन दिएको हो।

झट्ट हेर्दा विभागको निर्देशनले सबै छोरीलाई पैत्रिक सम्पत्तिमा हकदार बनाएको जस्तो देखिए पनि यसको फाइदा भने घरजग्गा व्यवसायीले लिएको पाइएको छ।

विभागले गत मंसिरमै यस्तो निर्देशन दिएको थियो। तर त्यसको कार्यान्वयन के कसरी भएको छ भन्ने विषयमा उनीहरूले चासो दिएका छैनन्।

images

'अहिले जथाभावी कित्ताकाट गर्न रोक लगाएका कारण व्यवसायीले अंशबण्डालाई नै आधार बनाएर कित्ताकाट गरिरहेका थिए', विभाग स्रोताले भन्यो, 'विभागले सबै छोराछोरीको नाममा अंशबण्डा गर्न निर्देशन दिएपछि उनीहरूलाई झनै सहज भएको छ।'

विभागले घरजग्गाको कारोबार बढी हुने सिजनकै मुखमा निर्देशन दिनुले घरजग्गा व्यवसायीसँगको मिलेमतोमा निर्देशन दिएको हुनसक्ने सरोकारवालाले बताएका छन्।

उक्त निर्देशनपछि जग्गाको खण्डीकरण बढेको तर वास्तवमै छोरीहरूले पैत्रिक सम्पत्तिमा अधिकार भने नपाएको उनीहरूको आरोप छ।

सामान्य समयमा मासिक ५० देखि ६० हजार घरजग्गा किनबेच र त्यति नै संख्यामा कित्ताकाट हुने गरेकोमा मंसिर र पुसमा भने मासिक १ लाखभन्दा बढी घरजग्गा किनबेच र डेढ लाख हाराहारी कित्ताकाट हुने गरेका छन्। 

यो आर्थिक वर्षको शुरुमै मासिक एक लाख हाराहारी कित्ताकाट भएका थिए। तर विस्तारै यसको रफ्तार बढ्दै मासिक डेढ लाखभन्दा बढी पुगिसकेको छ।

चालु आर्थिक वर्षको साउनयता हरेक महिना एक लाखभन्दा बढी कित्ताकाट हुँदै आएकोमा मंसिरमा डेढ लाखभन्दा बढी पुगेको छ। पुसको तथ्याङ्कमा झन धेरै कित्ताकाट भएको विभाग स्रोतको भनाइ छ।

घरजग्गाको सर्वाधिक कारोबार हुने झापा, इनरुवा, विराटनगर, जनकपुर, हेटौडा, चितवन, पोखरा, बुटवल, दाङ, नेपालागञ्ज, सुर्खेत र धनगढीमा कित्ताकाटको ग्राफ पनि निरन्तर उकालो लागेको छ। यी ठाउँहरूमा मासिक ४/५ हजारदेखि ८/१० हजारसम्म कित्ताकाट भएका विभागको तथ्याङ्कले देखाउँछ।

विभागका अधिकारीहरू भने संविधानाले छोरीलाई पनि छोरासरह पैत्रिक सम्पत्तिमा समान अधिकार दिएकोले त्यसलाई कार्यान्वयन गर्न मात्रै अंशवण्डा गर्दा सबै छोराछोरीलाई समान रुपमा अंशवण्डा गर्न निर्देशन दिएको दावी गर्छन्। तर उक्त निर्देशनले छोरीले अंशको रुपमा पैत्रिक सम्पत्ति पाएको कुरामा भने उनीहरू नै विश्वस्त छैनन्।

जग्गा व्यवसायीले यो निर्देशनबाट फाइदा लिएको हुनसक्नेमा विभागका अधिकारीहरू जानकार छन्। तर विभागको निर्देशन भने सबै छोरीले पैत्रिक सम्पत्तिमा समान अधिकार पाउन भनेर नै दिइएको उनीहरूको जिकिर छ।


प्रकाशित : सोमबार, माघ ३ २०७८०३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend