शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २५ २०८१
images
संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

'पिर्के पिङप्रतिको आकर्षण बढाउन दुुई वर्षदेखि गाउँपालिकाले पिङ हालेवापत १० हजार प्रोत्साहन रकम दिने गरिएको छ, दुई वर्षअघि छ वटामात्रै पिर्के पिङ हाल्ने गरिएको पालिका क्षेत्रमा अहिले २१ स्थानमा पिङ हालिएको छ।'

images
images

गण्डकी- दसैँ, तिहारको संस्कृतिसँग जोडिएको पिर्के पिङ लोप हुँदै गएको अवस्थामा पोखरा र आसपासमा संरक्षणको प्रयास गर्न थालिएको छ। 

images
images
images

विगत केही वर्ष अघिसम्म देखिन छाडेको पिर्के पिङ दसैँ तिहारमा पुनः संरक्षण तथा प्रवर्द्धन गर्न थालिएको हो। काठबाट बनाइने यस पिङलाई ठाँउअनुसार चर्खे, रोटे, रंगते, चम्राली पिङ आदि भन्ने गरिन्छ। नेपाली प्राचीन संस्कृतिसँग जोडिएको पिङ मनोरञ्जनको साधन हो।

images
images

यहाँको रुपा गाउँपालिकाले दुुई वर्ष यता पिर्के पिङको संरक्षणमा जोड दिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए।

images
images

'पिर्के पिङप्रतिको आकर्षण बढाउन दुुई वर्षदेखि गाउँपालिकाले पिङ हालेवापत १० हजार प्रोत्साहन रकम दिने गरिएको छ', उनले भने, 'दुई वर्षअघि छ वटामात्रै पिर्के पिङ हाल्ने गरिएको पालिका क्षेत्रमा अहिले २१ स्थानमा पिङ हालिएको छ।'

कास्कीकै पोखरा महानगरपालिका क्षेत्रका कसेरी, बरपौवा, ठूलोपाटन लगायतका क्षेत्रमा पिङ हालिएको छ। २०४१ साल अघिसम्म पिर्के पिङ हाल्ने गरिएको पोखरा महानगरपालिका वडा नं ३२ ठूलोपाटनमा ४० वर्ष पछि प्रगतिशिल सामुदायिक वन उपभोक्ता समितिको सकृयतामा यस वर्ष पिर्के पिङ हालिएको वन उपभोक्ता समितिका अध्यक्ष भवानीप्रसाद पौडेलले जानकारी दिए।

'हामी सानो हुँदा ठूलोपाटनमा पिर्के पिङ हाल्ने गर्थ्यौँ', अध्यक्ष पौडेलले भने, 'त्यस यता पिङ हाल्ने प्रचलन हराएपछि संस्कृतिको जगेर्ना गर्न यस वर्षदेखि पुनः पिङ हाल्न थालिएको हो।'

तात्कालीन समयमा पिङ हालेका अनुुभवी जनशक्तिसँग परामर्श लिनुका साथै रुपा गाउँपालिका-४ ठकुरी गाउँमा पुुगेर पिङमा प्रयोग गरिने सामग्रीको नाप बारे जानकारी लिइएको उनले बताए।

दसैँका समयमा विशेष गरी टीकाको दिन धर्ती छोड्दा पवित्र भइन्छ भन्ने प्राचीन विश्वासका आधारमा पिङ खेल्ने गरिएको बुढापाका बताउँछन्। रासस 


प्रकाशित : शुक्रबार, असोज २५ २०८११६:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend