शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

छिन्नमस्ता र कंकालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टि

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २५ २०८१
images
छिन्नमस्ता र कंकालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टि

राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा अवस्थित छिन्नमस्ता मुलुकका प्रमुख ५१ शक्तिपीठमध्ये एक मानिन्छ।

images
images

सप्तरी- बडादसैँको अवसरमा यहाँको छिन्नमस्ता भगवती मन्दिरमा आज पुष्प वृष्टि गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट छिन्नमस्ता गाउँपालिका-३ सखडा स्थित उक्त मन्दिरमा पुष्प वृष्टि गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए। 

images
images
images

पहिलो पटक आज छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत् पुष्पवृष्टि गरिएको उनले बताए। 'धार्मिक आस्था र मातृ शक्तिप्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भुत शक्तिको सम्मानस्वरूप पहिलो पटक हामीले अष्टमीको दिने पुष्प वृष्टि गर्दा यहाँका भक्तजन र यस क्षेत्रका स्थानीयवासी खुशी भएका छन्', अध्यक्ष चौधरीले भने। 

images
images

राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा अवस्थित छिन्नमस्ता मुलुकका प्रमुख ५१ शक्तिपीठमध्ये एक मानिन्छ।

images
images

यस मन्दिरमा बडा दसैँमा मेलासमेत लाग्ने गरेको मन्दिरको पीठाधीस महानन्द ठाकुरले बताए। उनका अनुसार यस मन्दिरमा भाकल पूरा भएपछि लड्डु र बोका चढाउने परम्परा छ। 

त्यसैगरी यहाँको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहस्थित कंकालिनी मन्दिरसमेतमा आजै नेपाली सेनाको हेलिकप्टरमार्फत पृष्प वृष्टि गरिएको छ। विगत दुईवर्षदेखि बडा दसैँको महानवमीका दिन यहाँ हेलिकप्टरमार्फत पृष्प वृष्टि गराउन थालिएको हो।  

कंकालिनी मन्दिरमा दसैँको नवमी तिथिका दिन यस मन्दिरमा राँगो बली दिने चलन छ। हालसम्म छ सय २१ वटा राँगो यहाँ बली दिइएको मन्दिर विकास समितिले जनाएको छ। यहाँ पनि आज ठूलो मेला लागेको छ। रासस 


प्रकाशित : शुक्रबार, असोज २५ २०८११६:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend