बुधबार, कात्तिक ७ गते २०८१    
images
images

मन्त्रीको प्रतिबद्धतापछि पनि दसैँअघि पाएनन् निर्माण व्यवसायीले भुक्तानी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २५ २०८१
images
images
मन्त्रीको  प्रतिबद्धतापछि पनि दसैँअघि पाएनन् निर्माण व्यवसायीले भुक्तानी

मन्त्री दाहालले बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्दा तीन महिना अगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नैपर्ने हुँदा ढिलाइ भएको बताए।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँअघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएको भएपनि व्यवसायीले भुक्तानी रकम पाउन सकेनन्। 

images
images
images

मन्त्री दाहालले कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने तयारी भइरहेको जानकारी दिए। 'मैले दसैँ अगाडि भुक्तानी दिनुपर्छ भनेको थिएँ', उनले भने, 'हाम्रो मन्त्रालयले आठ अर्ब ६६ करोड भुक्तानी दिन बाँकी छ। हामीले पाँच अर्ब ५० करोड भुक्तानी दिइसकेका छौँ। तीन अर्ब ५० करोड जति भुक्तानी दिन बाँकी छ। भुक्तानीका लागि अर्थ मन्त्रालयसँग कुरा गरेका छौँ।'

मन्त्री दाहालले बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्दा तीन महिना अगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नैपर्ने हुँदा ढिलाइ भएको बताए। 

images

नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले सरकारबाट अझै ४५ अर्ब भुक्तानी हुन बाँकी रहेकाले समयमा भुक्तानी हुन नसक्दा निर्माण उद्योग समस्यामा परेको बताए।

images

'मुलुकका विभिन्न राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीय, प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताल तथा अन्य विभिन्न आयोजना निर्माण सम्पन्न भएपनि सरकारले व्यवसायीलाई ४५ अर्ब भुक्तानी गर्नुपर्ने छ, अहिलेसम्म १५ अर्बमात्र भुक्तानी पाएका छौँ', उनले भने 'निर्माण सम्झौता भएका करिब ६ खर्ब ५० करोडका आयोजनाको काम अगाडि कसरी बढाउने?' रासस


प्रकाशित : शुक्रबार, असोज २५ २०८११६:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend