शनिबार, चैत ९ गते २०८१    
शनिबार, चैत ९ २०८१
images
images

बिपी राजमार्ग पुनः अवरुद्ध, पिप्लेमा खस्यो पहिरो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २५ २०८१
images
images
बिपी राजमार्ग पुनः अवरुद्ध, पिप्लेमा खस्यो पहिरो

सडक डिभिजन कार्यालयका कर्मचारी चन्द्रबहादुर लामाले अहिले पनि पहिरो झर्ने क्रम नरोकिएकोले तत्काल सडक खुल्ने सम्भावना नरहेको बताए।

images
images

धुलिखेल- बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ पिप्लेमा पुनः पहिरो खसेको छ। सडकमाथिबाट सुक्खा पहिरो खसेसँगै वैकल्पिक बाटो पनि अवरुद्ध भएको छ। 

images
images

रोशी खोलाको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड बगाएरपछि सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीबार राति उक्त सडकमा ‘ट्र्याक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए।

images
images

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मानबहादुर घलेका अनुसार पहिरोमा सिन्धुली र खोटाङबाट काठमाडौँतर्फ आइरहको बस र टाटा सुमो पुरिएका थिए। यद्यपि मानवीय क्षति भएको छैन। अवरुद्ध सडक सञ्चालनको प्रयास जारी छ।  

images
images

सडक डिभिजन कार्यालयका कर्मचारी चन्द्रबहादुर लामाले अहिले पनि पहिरो झर्ने क्रम नरोकिएकोले तत्काल सडक खुल्ने सम्भावना नरहेको बताए। रासस


प्रकाशित : शुक्रबार, असोज २५ २०८११४:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend