मंगलबार, चैत १२ गते २०८१    
मंगलबार, चैत १२ २०८१
images
images

एक सातामा १३ लाख यात्रु दसैँका लागि उपत्यकाबाट बाहिरिए

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २५ २०८१
images
images
एक सातामा १३ लाख यात्रु दसैँका लागि उपत्यकाबाट बाहिरिए

'विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन्।'

images
images

काठमाडौं- एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख यात्रु बाहिरिएका छन्। 

images
images

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार उक्त सङ्ख्या आजसम्मको हो। अठार लाख मानिस दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासंघका अध्यक्ष विजय स्वारले जानकारी दिए।

images
images

'हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ', उनले भने, 'तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन्।'

images
images

अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए। रासस


प्रकाशित : शुक्रबार, असोज २५ २०८११४:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend