बुधबार, कात्तिक ७ गते २०८१    
images
images

सुनसरीको हनुमन्ते पोलीमर गोदाममा लागेको आगो १२ घण्टापछि निभाइयो

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २४ २०८१
images
images
सुनसरीको हनुमन्ते पोलीमर गोदाममा लागेको आगो १२ घण्टापछि निभाइयो

आगलागीबाट यकिन कति क्षति भएको प्रस्ट नभए पनि १५ करोड बराबरको सामग्री र मेसिनहरू जलेर नष्ट भएको उद्योगको सञ्चालक प्रिन्स अग्रवाल बताउँछन्।

images
images

इटहरी- सुनसरीको दुहबी नगरपालिकामा अवस्थित हुनुमन्ते पोलीमरको गोदाममा सल्किएको आगो १२ घण्टापछि निभाइएको छ। बुधबार राति ८ बजेदेखि सल्किएको आगो बिहीबारमात्र नियन्त्रणमा आएको हो। 

images
images
images

गोदामको बाहिर ठूलो पर्खाल भएको कारण आगो नियन्त्रणमा लिन समय लागेको हो। इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाका दमकल प्रयोग गरेपनि पर्खालको कारण आगो नियन्त्रणमा लिइएको थियो। 

आगलागीबाट यकिन कति क्षति भएको प्रस्ट नभए पनि १५ करोड बराबरको सामग्री र मेसिनहरू जलेर नष्ट भएको उद्योगको सञ्चालक प्रिन्स अग्रवाल बताउँछन्।

images

लामो समयसम्म आगो नियन्त्रण नभएपछि क्षतिको अनुपात बढेको बताउँदै उनले उद्योग व्यवसायमा ठुलो चोट परेको बताए। दसैँ लागेपछि कर्मचारी र कामदारलाई दिउँसै छुट्टी दिइएको र कोही पनि नभएको बेला आगलागी भएको उनको भनाइ छ। 

images

गोदाममा रहेका महत्त्वपूर्ण मेसिन र उपकरणहरूसमेत जलेर काम नलाग्ने भएको उनले जानकारी दिए। के कारण आगोलागि भयो भन्नेबारे यकिन हुन बाँकी रहेको उनले सुनाए।

polimar aago 1.jpg


प्रकाशित : बिहीबार , असोज २४ २०८११६:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend