बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

सडक राम्रो नहुँदा कठिन यात्रा, उपत्यकाबाट बाहिरिए आठ लाख यात्रु

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २४ २०८१
images
सडक राम्रो नहुँदा कठिन यात्रा, उपत्यकाबाट बाहिरिए आठ लाख यात्रु

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दसैँमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनिकरण गर्न सजगताका साथ राजमार्गहरुमा ‘चेक’ भइरहेको जानकारी दिए।

images
images

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। महासंघका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ। 

images
images
images

महासंघका अध्यक्ष विजय स्वारले यस वर्षको दसैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए।

images
images

'सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,' उनले भने, 'उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौमै दसैँ मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन्।'

images
images

उनका अनुसार शुक्रबारसम्म दसैँका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्याङ्क आउन बाँकी छ। 'आज कति यात्रु बाहिरिनुभएको छ, साँझसम्म यो क्रम जारी रहन्छ, शुक्रबार पनि बाहिरिन्छन्,' स्वारले भने। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दसैँमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनिकरण गर्न सजगताका साथ राजमार्गहरुमा ‘चेक’ भइरहेको जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , असोज २४ २०८११४:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend