शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २४ २०८१
images
images
बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

बाग्मती टिपर व्यवसायी संघको २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी संघको २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको ६ करोड ६५ लाख र रसुवागढी नाकामा चार करोड बराबरको क्षति भएको छ।

images
images

काठमाडौं- यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोड रुपैयाँबराबरको क्षति भएको छ।

images
images
images

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो। 

images
images

क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको  दुई करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको ६० लाख बराबरको क्षति भएको महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।

images
images
images

यस्तै, बाग्मती टिपर व्यवसायी संघको २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी संघको २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको ६ करोड ६५ लाख र रसुवागढी नाकामा चार करोड बराबरको क्षति भएको छ।

महासंघका महासचिव डेकनाथ गौतमले देशभर सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरेर बुधबार गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा बुझाइएको जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , असोज २४ २०८१०९:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend