शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

दोस्रो बजारमा ‘हटकेक’ बन्दै पुनर्बीमा कम्पनी, सबैभन्दा धेरै कारोबार गर्ने नेप्सेको सूचीमा (यस्तो छ एक वर्षको उतारचढाव)

images
आइतबार, माघ २ २०७८
images
दोस्रो बजारमा ‘हटकेक’ बन्दै पुनर्बीमा कम्पनी, सबैभन्दा धेरै कारोबार गर्ने नेप्सेको सूचीमा (यस्तो छ एक वर्षको उतारचढाव)
images
images

काठमाडौं- एक वर्षमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी परेको छ। नेपाल स्टकएक्सचेन्ज (नेप्से) का अनुसार गत वर्षको पुस मसान्तदेखि चालु वर्षको पुस मसान्तसम्ममा सबैभन्दा धेरै कारोबार हुने सूचीमा पुनर्बीमा कम्पनी परेको हो।

images
images
images

कम्पनीको एक वर्षमा ४९ अर्ब ८ हरोड ८१ लाख ९२ हजार बराबरको ३ करोड ८ लाख ८ हजार ७८१ कित्ता सेयर कारोबार भएको छ। 

images
images

एक वर्षमा कम्पनीको सेयर मूल्य न्यूनतम ११०५ रुपैयाँमा कारोबार भएको थियो। भने उच्चतम २०१० रुपैयाँसम्म पुगेको थियो। कम्पनीको साताको अन्तिम दिन १२७७ रुपैयाँमा प्रत्तिकित्ता कारोबार भएको थियो।

images
images

बिहीबारमात्रै कम्पनीको सेयर मूल्य ८ रुपैयाँले बढेको थियो। १९ प्रतिशत लाभांशका लागि बुक क्लोजपछि कम्पनीको सेयर मूल्य लगातार बढीरहेको छ। कम्पनीको बिहिबारमात्रै ५३ हजार ३२९ कित्ता सेयर कारोबार भएको थियो।

१ खर्ब ४८ अर्बको पुँजीकरण भइसकेको कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। बीचमा कम्पनीको १६ दशमलव ५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजनसमेत भएको छ। नेप्सेले पुस १४ गते बोनस सेयर प्रयोजनका लागि मूल्य समायोजन गरी प्रतिकित्ता १ हजार १०४ दशमलब ७२ मूल्य तोकेको थियो।

पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो। धितोपत्र दोस्रो बजारमा सोही वर्षको जेठ २८ गतेदेखि कम्पनीको सेयर कारोबार शुरु भएको हो।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९१ करोड १६ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जसमा ननलाइफको तर्फबाट ८२ करोड ५० लाख ७७ हजार रुपैयाँ नाफा कमाएके थियो। भने लाइफको तर्फबाट ९ करोड १६ लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ। कम्पनीको प्रतिसेयर आम्दानी पनि १५६.९९ रुपैयाँ रहेको छ। 

कम्पनीको चुक्ता पुँजी बढाउने रणनीतिसमेत रहेको छ। जसमा आगामी वर्ष हकप्रद दिनेगरीसमेत छलफल थालेको छ। कम्पनीले केही वर्षभित्रै २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने नीतिसमेत लिएको छ।

नेपालको पहिलो रिइन्स्योरेन्स कम्पनी भए पनि पछिल्लो समय निजी क्षेत्रको लगानीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीसमेत अनुमति पाएर सञ्चलानको तयारीमा रहेको छ।


प्रकाशित : आइतबार, माघ २ २०७८०१:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend