बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

बाढीले ४६ अर्ब रुपैयाँबराबरको क्षति पुर्‍याएको सरकारको प्रारम्भिक अनुमान, कुन क्षेत्रमा कति?

images
बिहीबार , असोज २४ २०८१
images
बाढीले ४६ अर्ब रुपैयाँबराबरको क्षति पुर्‍याएको सरकारको प्रारम्भिक अनुमान, कुन क्षेत्रमा कति?
images
images

काठमाडौं- असोज १० देखि १३ गतेसम्म गएको बाढी पहिरोका कारण करिब ४६ अर्ब ५ करोड रुपैयाँ धनजनको क्षति पुगेको सरकारले प्रारम्भिक प्रतिवेदन निकालेको छ।

images
images
images

गृह मन्त्रालयले निकालेको यस प्रतिवेदनमा ३८ अर्ब ४४ करोड रुपैायाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको अनुमान गरिएको छ। बाढीका कारण ४१ सडक सञ्जालमा क्षति पुगेको छ। 

images
images

उक्त सडक सञ्जाल मर्मत संभारमा २५ अर्ब रुपैयाँ र तत्कालिन मर्मतमा २ अर्ब ५० करोड खर्च हुने गृह मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ। उक्त सडक सञ्चालमा क्षति पुगेकाले आपूर्ति प्रणालीमा असर परेकाले तत्काल मर्मतको काम अगाडी बढाउनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। 

images
images

यस्तै बाढीका कारण २६ जलविद्युत आयोजनाहरुमा क्षति पुगेको छ। २६ आयोजनामा बाढी पस्दा ३ अर्ब २ करोड बारबरको क्षति पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ। दुरसञ्चार क्षेत्रतर्फ ३०२ युनिट प्रभावित हुँदा १५ करोड १८ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। यस्तै खानेपानी आपूर्तितर्फ ५ अर्ब ९५ करोड रुपैयाँ बारबरको क्षति पुगेको छ। 

खानेपानी आपूर्तिमध्ये संघीय सरकार र प्रदेश सरकार गरी १६ सय १६ खानपाने केन्द्रहरु प्रभावित भएको गृहमन्त्रालयले प्रतिवेदनमा उल्लेख गरेको छ। यस्तै उक्त बाढी कारण ४४ पुल भत्किएका छन्। ४४ पुल भत्किदा १ अर्ब ४ करोड रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख गरिएको छ। 

बाढीले ४ हजार ६६७ व्यक्तिगत आवास पूर्णरुपमा क्षति भएका छन् भने ५ हजार ३१० घरहरुमा आंशिक क्षति पुगेको छ। बाढीका कारण १० हजार ८०७ जना पूर्णरुपमा विस्थापित भएका छन भने १६ हजार २४१ जना प्रभावित भएका छन्। 

८ स्वास्थ्य चौकी र ६ विद्यालय पूर्णरुपमा  तथा ३३ स्वास्थ्य चौकी आंशिक र १३६ विद्यालय पूर्णरुपमा गरी २१ करोड ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

५ अर्ब ८० करोड रुपैयाँ बारबरको कृषि तथा चौपायमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यस्तै १ अर्ब ३५ करोड रुपैयाँ बारबरको सिँचाई आयोजनामा क्षति पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ। 


प्रकाशित : बिहीबार , असोज २४ २०८१०७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend