बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

काभ्रेपलाञ्चोकका तीन गाउँपालिकामा बिजुली बाल्ने प्रयास

images
बुधबार, असोज २३ २०८१
images
काभ्रेपलाञ्चोकका तीन गाउँपालिकामा बिजुली बाल्ने प्रयास

वर्षापछि आएको बाढीपहिरोले सडक अवरुद्ध हुनुका साथै बिजुलीका पोल, ट्रान्सफर्मरलगायत संरचना बगाउँदा महाभारत, बेथानचोक र रोशी गाउँपालिका अन्धकारमय छन्।

images
images

काभ्रेपलाञ्चोक- यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय बनेका काभ्रेपलाञ्चोकका तीन गाउँपालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास भइरहेको छ। वर्षापछि आएको बाढीपहिरोले सडक अवरुद्ध हुनुका साथै बिजुलीका पोल, ट्रान्सफर्मरलगायत संरचना बगाउँदा महाभारत, बेथानचोक र रोशी गाउँपालिका अन्धकारमय छन्। 

images
images
images

बेथानचोक र रोशी गाउँपालिकाको केही वडामा विद्युतकाे काम भइरहेको नेपाल विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारीले बताए।

images
images

खानीखोला गाउँपालिकाबाट महाभारत गाउँपालिकामा बिजुली लैजाने प्रयास भइरहेको उनले बताए। खानीखोलाबाट बिजुली लैजान सकिए महाभारतको केही क्षेत्रमा बिजुली बत्ती बाल्न सकिने सम्भावना छ।

images
images

रोशी गाउँपालिका-२, ३, ५ र ७ तथा गाउँपालिका कार्यालयसम्म भने बिजुली ल्याउन सकिने सम्भावना छ। सडक सञ्जाल नै अवरुद्ध हुँदा बेथानचोक, महाभारत र रोशीका अधिकांश स्थान बिजुलीबिहीन भएका हुन्।

महाभारत गाउँपालिकामा बाढीपहिरोले सडक अवरुद्धका साथै पोल, ट्रान्सफर्मरलगायत संरचना बगाउँदा तीन हजार एक सय ७४ परिवार बिजुलीविहीन अवस्थामा रहेका छन्।

रोशी खोलाले गाउँपालिका जोड्ने विभिन्न स्थानमा बाटो नै बगाएपछि बिजुली सञ्चालन गर्न समस्या भएको अध्यक्ष कान्छालाल जिम्बाले बताए। उनका अनुसार सडक मर्मत एवं पुनःनिर्माण भएपछि मात्रै बिजुली बाल्न सकिने छ।

'प्राधिकरणका अनुसार दसैँअघि बिजुली आउने सम्भावना छैन्, दसैँ अन्धकारमै बित्ने भयो', अध्यक्ष जिम्बाले भने। सडक बनाउन पनि अझै केही दिन लाग्ने उनी बताउँछन्।

बिजुली नहुँदा उक्त गाउँपालिकामा आंशिक सञ्चार सम्पर्कविच्छेद भएको छ। दुई दिनअघि सोलारबाट मोबाइलको टावर सञ्चालनमा ल्याए पनि फेरी समस्या आएको छ।

गाउँपालिकाभर पानी, बत्ती र सडक सुविधा नभएको अध्यक्ष जिम्बाले बताए। उनले भने, 'गाउँपालिका जोड्ने सिपाली सडक रोशी खोलाले नै बगाएको छ, भौगोलिक प्रतिकूलताका कारण पुनः ट्र्याक खोल्न निकै कठिनाइ भइरहेको छ।'

पनौती नगरपालिकाको केही वडामा बाढीपहिरोले विद्युतमा क्षति पुर्‍याएकाले मर्मत कार्य भइरहेको जनाइएको छ। पनौती-१२ खोपासीस्थित पनौती जलविद्युत् आयोजनामा क्षति पुग्दा बिजुली उत्पादन रोकिएको छ।

पहिरोसँगै आएको बाढी तथा लेदोले पावर हाउसभित्रका तीन टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिएस प्रणालीलगायतका उपकरण डुबेका कारण यही असोज १२ गतेदेखिनै बिजुली उत्पादन रोकिएको हो।

पनौती जलविद्युत् केन्द्रका प्रमुख सविना उप्रेतीले बाँधबाट पावरहाउससम्मको कुलोमा विभिन्न स्थानमा पहिरोका कारण क्षति पुगेको जानकारी दिए। पावरहाउसको दुवैतर्फबाट पहिरो आएको छ। 

'आयोजनाको सरसफाइ बाँकी छ, अब दसैँपछि सुरु गरिनेछ', उनले भने। पानीको मुहानमा पनौती-८ मल्पीस्थित रोशी खोलामा आएको बाढीले क्षति पुगेको छ। उक्त केन्द्रको तीन टर्वाइनमध्ये दुईवटाबाट मात्रै बिजुली उत्पादन हुँदै आएको थियो।

सरकारले घोषणा गरेको ‘विपद् सङ्कटग्रस्त क्षेत्र’का रुपमा काभ्रेपलाञ्चोकको रोशी, तेमाल, बेथानचोक, चौँरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका छन्। रासस


प्रकाशित : बुधबार, असोज २३ २०८११७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend