शनिबार, असोज ५ गते २०८१    
images
images

कुल परीक्षणको ३२ प्रतिशतमा कोरोना, शुक्रबारकाे तुलनामा ७ प्रतिशतले बढे संक्रमित

२४ घण्टामा ४ लाख ३५ हजारले लगाए कोभिडविरूद्धको खाेप

images
शनिबार, माघ १ २०७८
images
images
कुल परीक्षणको ३२ प्रतिशतमा कोरोना, शुक्रबारकाे तुलनामा ७ प्रतिशतले बढे संक्रमित

शनिबार १० हजार ४ सय १२ जनोको पीसीआर परीक्षण भएकोमा ३ हजार ७ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ।

images
images

काठमाडौं- कोरोना संक्रमण फैलिने क्रम बढ्दो देखिएको छ। नेपालमा अहिले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टका संक्रमितहरू भेटिएका छन्। जसमा ओमिक्रोनको संक्रमण फैलँदो देखिएको छ। 

images
images
images

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार शनिबार कुल परीक्षणको ३१.८४ प्रतिशमा कोरोना देखिएको छ। शनिबार १४ हजार ५ सय ५६ जनाको कोरोना परीक्षण भएको थियो। जसमा ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण देखा परेको हो। 

शनिबार १० हजार ४ सय १२ जनोको पीसीआर परीक्षण भएकोमा ३ हजार ७ सय ३ जनाको कोरोना संक्रमण देखिएको छ। यसैगरी ४ हजार १ सय ४४ जनाको एन्टिजेन परीक्षणमा ९ सय ३३ जनाको कोरोना देखिएको छ। शुक्रबारकाे तुलनामा शनिबार ७ प्रतिशतले कोरोना बढकाे हाे। शुक्रबार २० हजारभन्दा बढीकाे पर‌ीक्षण भएकाे थियाे।

शनिबार परीक्षण संख्या पनि घटेकाे हाे। शनिबार ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। योसँगै नेपालमा अब सक्रिय संकमितको संख्या २१ हजार ५ सय ८४ पुगेको छ।

images

साथै २४ घण्टामा ४ लाख ३५ हजार १ सय ९३ जनाले कोभिडविरूद्धको खोप लगाएका छन्।


प्रकाशित : शनिबार, माघ १ २०७८११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend