बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

साप्ताहिक हाटबजारमा ७५ लाखको खसीबोका बिक्री

images
बुधबार, असोज २३ २०८१
images
साप्ताहिक हाटबजारमा ७५ लाखको खसीबोका बिक्री

खसीबोकाको माग बढ्दा धमाधम बिक्री हुन थालेपछि खसीबोका पाल्ने किसानलाई जीविकोपार्जन मात्र नभइ दसैँ तिहारजस्ता चाडपर्व मनाउन सहज भएको छ। साप्ताहिक हाटबजारमा पुर्‍याएपछि खसीबोका बेच्न समस्या नभएको किसानले बताएका छन्।

images
images

खाँदबारी- पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा दसैँका लागि करिब ७५ लाखको खसीबोका बिक्री भएका छन्।

images
images
images

भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार १० स्थानीय तहमा लाग्ने साप्ताहिक हाटबजारमा ७५ लाख रूपैयाँ बराबरको खसीबोका बिक्री भएको हो। खसीबोकाको माग बढ्दा धमाधम बिक्री हुन थालेपछि खसीबोका पाल्ने किसानलाई जीविकोपार्जन मात्र नभइ दसैँ तिहारजस्ता चाडपर्व मनाउन सहज भएको छ।

images
images

साप्ताहिक हाटबजारमा पुर्‍याएपछि खसीबोका बेच्न समस्या नभएको किसानले बताएका छन्।

images
images

स्थानीय हाटबजारमा जिउँदो खसीबोका तौल गरेर बिक्री गर्ने, मूल्य निर्धारण मात्र होइन, बजारीकरणसमेत हुँदै आएको विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेलले बताए।

सबैभन्दा बढी खसीबोका सदरमुकाम खाँदबारीमा लाग्ने साप्ताहिक हाटमा बिक्री भएको थियो। किसानले उत्पादन गरेका खसीबोका सोझै उपभोक्तासम्म पुग्ने र पछिल्लो समय राम्रोसँग बजार पाउने भएपछि जिल्लाका किसानसमेत उत्साहित भएका छन्।

जिल्ला सदरमुकाम खाँदबारीको हाटमा शनिबार दसैँको लागि ल्याइएको खसीहरु खरिदबिक्री गर्दै स्थानीय।

अहिले खसीको मूल्य प्रतिकिलो आठ सयदेखि एक हजार रूपैयाँसम्म बिक्री भइरहेको छ। रासस


प्रकाशित : बुधबार, असोज २३ २०८११३:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend