बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

एनआइएमबि एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआइबिएल म्युचुअल फण्डअन्तर्गतका कोषहरूको खुद सम्पत्ति मूल्य कस्तो?

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २३ २०८१
एनआइएमबि एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआइबिएल म्युचुअल फण्डअन्तर्गतका कोषहरूको खुद सम्पत्ति मूल्य कस्तो?

काठमाडौं- एनआइएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहि एनआइबिएल म्युचुअल फण्ड तथा मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित पाँचवटा योजनाहरूको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (एनएभी) सार्वजनिक भएको छ।

उक्त योजनाहरूको भदौ महिनाको प्रतिवेदन सार्वजनिक भएको हो। उक्त योजनाहरूमध्ये चारवटा योजनाको (एनएभी) अंकित मूल्यभन्दा माथि रहेको छ भने एउटा योजनको (एनएभी) अंकित मूल्यको हाराहारी रहेको छ। 

कुन कोषको अवस्था के छ? 

एनआइबिएल सहभागिता फण्ड

'एनआइबिएल सहभागिता फण्ड' नेपालको पहिलो खुलामुखि योजना हो। धितोपत्र बजारमा कारोबार नहुने यस योजनाको आकार २०८१ भदौ सम्ममा ३ अर्ब ९९ करोड पुगिसकेको र भदौ महिनामा प्रकाशित विवरण अनुसार उक्त योजनाको प्रति इकाइ खुद सम्पत्ति मूल्य (एनएभी) ११.०३ रुपैयाँ रहेको छ।

यस योजनाको कुल लगानी रकममध्ये २ अर्ब ५३ करोड सूचीकृत सेयरमा लगानी भएको छ, ३१ करोड ५० लाख रुपैयाँ प्राथमिक सेयरमा, अग्राधिकार सेयरमा लगानी भएको छ।

त्यस्तै २२ करोड २५ लाख रुपैयाँ मुद्दती निक्षेपमा छ भने १६ करोड ३९ लाख ऋणपत्रमा लगानी भएको छ । भदौ महिनामा खुद नाफा कुल १३ करोड ६६ लाख रहेको छ भने साउनमा ४९ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।

एनआइबिएल समृद्धि फण्ड-२ 

१० वर्ष अवधि भएको 'एनआइबिएल समृद्धि फण्ड-२' नामक यस योजनाको आकार १ अर्ब ५० करोड रहेको छ। यस योजनाको भदौ महिनाको प्रति इकाइ खुद सम्पत्ति मूल्य (एनएभी) १०.१० रुपैयाँ पुगेको छ। जुन साउनमा ११.१४ रुपैयाँ थियो। 

योजनाको १ अर्ब १४ करोड रुपैयाँ सूचीकृत सेयरमा लगानी भएको छ। १२ करोड ७८ लाख ऋणपत्रमा र ७ करोड मुद्दती निक्षेपमा छ। प्राथमिक सेयर तथा अन्य सम्पत्ति १० करोड ८८ लाख रहेको छ। 

एनआइबिएल ग्रोथ फण्ड 

१० वर्ष अवधि भएको 'एनआइबिएल ग्रोथ फण्ड' नामक यस योजनाको आकार १ अर्ब ३२ करोड रहेको छ। भदौमा यसको प्रति इकाइ खुद सम्पत्ति मूल्य (एनएभी) ११.३० रुपैयाँ पुगेको छ । साउनमा यसको मूल्य १२.४६ रुपैयाँ थियो। 

१ अर्ब २ करोड ‍सूचीकृत सेयरमा लगानी भएको यस योेजनाको २० करोड ५३ लाख रुपैयाँ ऋणपत्रमा, ८ करोड मुद्दती निक्षेप र १७ करोड १० लाख निक्षेपमा रहेको छ। ५ करोड ७९ लाख प्राथमिक सेयर तथा १ करोड २१ लाख अन्य सम्पत्तिमा लगानी रहेको छ।

भदौमा योजनाको नाफा ७ करोड १५ लाख रहेको छ। साउनमा २२ करोड ५१ लाख रहेको थियो। 

मेगा म्युचअल फण्ड-१ 

१० वर्ष अवधि भएको 'मेगा म्युचअल फण्ड-१' नामक यस योजनाको आकार १ अर्ब २५ करोड रहेको छ १ अर्ब १ करोड सूचीकृत सेयरमा लगानी गरेको छ।

यसको प्रति इकाइ खुद सम्पत्ति मूल्य (एनएभी) १०.६८ रुपैयाँ पुगेको छ। भदौमा यसको नोक्सान ३.४० करोड रहेको छ। साउनमा यसको नाफा १३ करोड रहेको थियो। 

एनआइबिएल स्टेबल फण्ड 

१२ वर्ष अवधि भएको 'एनआइबिएल स्टेबल फण्ड' नामक यस योजनाको आकार १ अर्ब १३ करोड रहेको छ जसको प्रति इकाइ खुद सम्पत्ति मूल्य (एनएभी) ९.९८ रुपैयाँ भएको । साउनमा यसको (एनएभी) १०.८८ रुपैयाँ थियो। 

सूचीकृत सेयरमा ७७.१८ करोड लगानी गरेको यस योजनाको खुद नोक्सानी ४७ लाख रहेको छ। साउनमा ९.६२ करोड रहेको थियो।


प्रकाशित : बुधबार, असोज २३ २०८११३:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend