बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

जय अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २३ २०८१
जय अम्बे स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं- जय अम्बे स्टिल्स लिमिटेडले सर्वसाधारणहरूका लागि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ। 

प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को विशेष प्रस्ताव पारित भएपश्चात् तोकिने साधारण सेयरहरू प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको जनाइएको छ।

कम्पनीले आफ्नो उत्पादनको विस्तार तथा क्षमता बढाउन पब्लिक डेब्ट मार्केटबाट पुँजी जुटाउने योजना बनाएको छ। उक्त सार्वजनिक निष्कासन प्रक्रियाका लागि निष्कासन कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकका आधिकारिक व्यक्तिहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

अम्बे ग्रुप नेपालकै सबैभन्दा ठूला व्यवसायिक समूहहरूमध्ये एक हो। जसको वार्षिक कारोबार ४ हजार करोडभन्दा बढी रहेको छ। जय अम्बे स्टिल्स अम्बे ग्रुपको दोस्रो स्टिल उद्योग हो।

शोभाकर (हरी) न्यौपानेको अध्यक्षतामा रहेको अम्बे ग्रुपको स्वामित्वमा रहि २०७६ मा स्थापना भएको यस जय अम्बे स्टिल्स लिमिटेडको उत्पादन क्षमता १ हजार टन प्रतिदिन रहेको छ।

'अम्बे' ब्रान्ड अन्तर्गत, क्षेत्रको ८० प्रतिशत बजारलाई आपूर्ति गरी यो पश्चिम नेपालको सबैभन्दा ठूलो स्टिल उद्योग रहेको यस कम्पनीको उद्योग स्थल बाँके जिल्ला, नेपालगंजमा रहेको छ। उद्योगले वर्तमान अवस्थामा इन्डक्सन फर्नेसबाट टीएमटी स्टिल, एम.एस बिलेट, एम.एस फ्लाट, एम.एस स्क्यावर, तोरकारी, ग्याबियन बक्स आदि उत्पादन गरिरहेको छ। 

जय अम्बे स्टिल्सले ग्राहकको आवश्यकता पूरा गर्न गुणस्तरीय र भरपर्दो निर्माण समाग्री उपलब्ध गराइरहेको जनाएको छ। यस कम्पनीले नेपालको निर्माण क्षेत्रको सुदृढीकरणमा मुहत्वपूर्ण योगदान पुर्‍याएको छ भने स्टिल आयातको आवश्यकतालाई पनि कम गरेको छ।


प्रकाशित : बुधबार, असोज २३ २०८११२:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend