काठमाडौं- विश्व बैंकले नेपाल सरकारलाई १५ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ।
विपद प्रतिकार्यका लागि खर्च गर्नका लागि विश्व बैंकले १५ करोड अमेरिकी डलर बराबरको नीतिगत ऋण सहायता दिने भएको छ।
केही समय पहिलेको बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। यो क्षतिपछि स्वदेशकै निजी क्षेत्रबाट अनुदान सहायता मागिरहेको सरकारलाई दातृ निकायका तर्फबाट यो ऋण स्वीकृत भएको हो।
यो ऋण रकमबाट सरकारले संस्थागत क्षमता विस्तार तथा विपत प्रतिकार्यमा खर्च गर्नसक्नेछ। सरकार आफैले योजना बनाएर खर्च गर्न मिल्ने यो सुविधा लचकदार मानिन्छ।