बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सानिमा बैंकले ५.२६ प्रतिशत नगद लाभांश दिने

बुधबार, असोज २३ २०८१
सानिमा बैंकले ५.२६ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- सानिमा बैंकले करसहित ५.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षको नाफाबाट बैंकले उक्त लाभांश घोषणा गरेको हो। 

१३ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले गत आर्थिक वर्षको नाफाबाट ७१ करोड ४८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो। 

असोज २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको छ। बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि लाभांश वितरणको प्रकृया सुरु हुनेछ। 

राष्ट्र बैंकको स्वीकृतिपश्चात बैंकको साधारणसभाबाट पारित भएपछि बैंकका लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन्। गत आर्थिक वर्ष यस बैंकले ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद लाभांश गरी कुल १४.७ प्रतिशत लाभांश दिएको थियो। 

गत आर्थिक वर्ष बैंकिङ क्षेत्रकै खराब कर्जामा भएको वृद्धिले वितरणयोग्य नाफामा गिरावट आएको र पुँजीकोषमा दबाब परेकाले सानिमा बैंकको लाभांशमा कमी आएको हो।


प्रकाशित : बुधबार, असोज २३ २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend