आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

पानीको अत्यधिक मूल्य लिने पोखराको एक रेष्टुरेन्टलाई दुई लाख रुपैयाँ जरिवाना

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २३ २०८१
images
images
पानीको अत्यधिक मूल्य लिने पोखराको एक रेष्टुरेन्टलाई दुई लाख रुपैयाँ जरिवाना

एक ग्राहकले २० रुपैयाँ पर्ने एक बोतल मिनरल वाटर एक सय रुपैयाँ तिरेको बिलसहित प्रशासनमा सिकायत गरेका थिए।

images
images

कास्की- तोकिएको अधिकतम खुद्रा मूल्य २० रुपैयाँको पानीको बोतल एक सय रुपैयाँमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा-६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ। 

images
images

पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए।

images
images

सोही स्थानका एक ग्राहकले २० रुपैयाँ पर्ने एक बोतल मिनरल वाटर एक सय रुपैयाँ तिरेको बिलसहित प्रशासनमा सिकायत गरेका थिए।

images
images
images

स्थानीय प्रशासनले सो रेष्टुरेष्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ। रासस


प्रकाशित : बुधबार, असोज २३ २०८१११:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend