बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

काठमाडौं उपत्यकाबाट दैनिक एक लाख यात्रु बाहिरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २३ २०८१
images
काठमाडौं उपत्यकाबाट दैनिक एक लाख यात्रु बाहिरिँदै

अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली-हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

images
images

काठमाडौं- काठमाडौं उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाख जनाको हाराहारीमा यात्रुहरू बाहिरिन थालेका छन्। 

images
images
images

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका नायव उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ। 

images
images

विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने, 'आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ।'

images
images

नायव उपरीक्षक कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको  बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली-हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन्। 

यस्तै दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन्। रासस


प्रकाशित : बुधबार, असोज २३ २०८१०९:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend