आइतबार, वैशाख १४ गते २०८२    
आइतबार, वैशाख १४ २०८२
images
images

मनसुन क्रमशः कमजोर हुँदै, कोशी प्रदेशमा भने हल्का वर्षा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २३ २०८१
images
मनसुन क्रमशः कमजोर हुँदै, कोशी प्रदेशमा भने हल्का वर्षा

आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

images
images

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेश र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।

images
images
images

साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।

images
images

हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ। कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले आज बिहान ६ बजे जारी गरेको मौसम ‘बुलेटिन’मा जनाइएको छ।

images
images

विभागका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम  सफा रहने छ।

कोशी प्रदेशका केही र मधेश प्रदेशलगायत बाँकी प्रदेशका केही पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। रासस


प्रकाशित : बुधबार, असोज २३ २०८१०९:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend