बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

बाढीबाट मधेशमा ८० करोड ४५ लाख रुपैयाँभन्दा बढीको क्षति

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २३ २०८१
images
बाढीबाट मधेशमा ८० करोड ४५ लाख रुपैयाँभन्दा बढीको क्षति

महोत्तरीमा सात करोड ५० लाख र पर्सामा पाँच करोड ५० लाखभन्दा बढीको क्षति भएको छ। बढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले आठ करोड निकासा गरेको छ।

images
images

धनुषा- हालैको बाढीबाट मधेश प्रदेशमा ८० करोड ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

images
images
images

मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ। यो क्षति १९ करोड ५० लाखभन्दा बढीको हो।

images
images

सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट ९ करोड ५० लाखको क्षति भएको छ। 

images
images

यसैगरी सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले ९ करोड २५ लाख, बारामा आठ करोड ५० लाख, सिरहामा सात करोड ९० लाखबराबरको क्षति भएको छ।

महोत्तरीमा सात करोड ५० लाख र पर्सामा पाँच करोड ५० लाखभन्दा बढीको क्षति भएको छ। बढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले आठ करोड निकासा गरेको छ। रासस


प्रकाशित : बुधबार, असोज २३ २०८१०९:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend