बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

विपद्पछिको पुनःनिर्माणका लागि कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलरबराबरको सहायता प्रदान गर्ने

images
मंगलबार, असोज २२ २०८१
images
विपद्पछिको पुनःनिर्माणका लागि कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलरबराबरको सहायता प्रदान गर्ने
फाइल तस्बिर

यस सहयोगबाट विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले जनाएको छ।

images
images

काठमाडौं- गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनःनिर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलरबराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ।

images
images
images

नेपालस्थित कोरियाली दूतावासले त्यहाँको सरकारले आज उक्त निर्णय गरेको जनाएको हो। यस सहयोगबाट विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले जनाएको छ।

images
images

यसैबीच कोरियाका विदेशमन्त्री चो ताए-युल्कनले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई सन्देश पठाउँदै नेपालमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको जनाइएको छ।

images
images

कोरियाली सरकारले विकास तथा सहयोगमा नेपाललाई प्राथमिकतामा राखेको र यसले दुई देशबीचको सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरेको छ।

नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको छ। रासस


प्रकाशित : मंगलबार, असोज २२ २०८११७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend