बुधबार, कात्तिक ७ गते २०८१    
images
images

बाढीपहिरोबाट भएको क्षतिको मूल्यांकन गरी स्थानीय तहमा बजेट पठाइने

images
मंगलबार, असोज २२ २०८१
images
images
बाढीपहिरोबाट भएको क्षतिको मूल्यांकन गरी स्थानीय तहमा बजेट पठाइने

'कतै धेरै क्षति भएको छ भने कतै थोरै। क्षतिको मूल्यांकन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ', उनले भने।

images
images

काठमाडौं- सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्यांकन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ। 

images
images
images

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिषदको बैठकका निर्णय आज सार्वजनिक गर्दै भने, 'कतै धेरै क्षति भएको छ भने कतै थोरै। क्षतिको मूल्यांकन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ।'

मन्त्री गुरुङले संकटग्रस्त ४९ स्थानीय तहको सङ्ख्या बढ्नसक्ने जानकारी दिँदै क्षतिको पूर्ण विवरण गृह मन्त्रालयले केही दिनमै सरकारलाई उपलब्ध गराउने बताए।

images

मन्त्रिपरिषद्को निर्णयअनुसार थाइल्यान्डको बैंककमा आगामी कात्तिक ६ देखि ८ गतेसम्म आयोजना हुने ‘ट्रान्सफर्मिङ केयरः बिल्डिङ अलाइन्स, इम्पावरिङ वुमन, रिसेपिङ इकोनोमिक्स’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीलाई सहभागी हुन स्वीकृत प्रदान गरिएको छ।

images

मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत विभिन्न आयोजनाका लागि दुईसय ६६ राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

आगामी कात्तिक १ देखि ३ गतेसम्म रसियामा आयोजना हुने ‘एक्स एक्स आइआई इन्टरनेसनल स्पोर्टस फोरम रसिया-कन्ट्री अफ स्पोर्टस’ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सहभागी हुने र आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्न स्वीकृत दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

हुलाक सेवा विभाग र अन्तर्गतका निकायहरुको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने, दूरसञ्चार (दशौँ संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, २०८१ कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने ‘वल्र्ड अर्बान फोरम-१२’ सम्मेलनमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सहभागी हुन अनुमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

यसैगरी यही असोज २७ मा जर्मनीको बर्लिनमा हुने ‘कम्युनिटी हेल्थ डेलिभरी पार्टनरसिप इभेन्ट ड्युरिङ द वर्ल्ड हेल्थ समिट-२०२४’मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई सहभागी हुन अनुमति दिने, शेयर तथा ऋण लगानी नीति, २०८१ र बीउबिजन नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय भएको छ। रासस


प्रकाशित : मंगलबार, असोज २२ २०८११६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend