बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

चाडपर्वको अवसरमा वालेट कारोबारको संख्या बढ्यो, दिनमा ३० पटकसम्म पाइने

images
मंगलबार, असोज २२ २०८१
images
चाडपर्वको अवसरमा वालेट कारोबारको संख्या बढ्यो, दिनमा ३० पटकसम्म पाइने

तर, दशैं–तिहार लगायत चाडपर्वमा भने वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।

images
images

काठमाडौं- दशैं तिहार तथा छठको अवसरमा राष्ट्र बैंकले डिजिटल वालेटको कारोबार संख्याको सीमा सहज बनाइदिएको छ। 

images
images
images

चाडपर्वको अवसरमा कारोबार संख्यामा अस्थायी वृद्धि गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ। पर्वको अवसरमा दान दक्षिणा तथा अन्य आदानप्रदान हुने भएकाले कारोबार संख्या बढाइएको हो। 

images
images

हाल प्राकृतिक व्यक्तिले डिजिटल वालेटमा एक दिनमा १० पटक मात्रै रकम जम्मा गर्न सक्ने व्यवस्था छ । तर, दशैं–तिहार लगायत चाडपर्वमा भने वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।

images
images

‘बडा दशैंको शुभ अवसरमा २१ असोजदेखि १ कात्तिक कोजाग्रत पूर्णिमासम्म र दिपावली तथा छठ पर्वको अवसरमा १५ कात्तिक देखि २२ कात्तिकसम्म प्राकृतिक व्यक्तिले डिजिटल वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न सक्नेछन्,’ राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकलाई जारी गरेको निर्देशनमा छ ।


प्रकाशित : मंगलबार, असोज २२ २०८११५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend