मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

राष्ट्रपतिसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत

images
मंगलबार, असोज २२ २०८१
images
images
राष्ट्रपतिसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत

राष्ट्रपतिसमक्ष प्रमुख निर्वाचन आयुक्त र राष्ट्रिय महिला आयोगका अध्यक्षले आ-आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गरे।

images
images

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगका बेग्लाबेग्लै वार्षिक प्रतिवेदन प्रस्तुत भएका छन्। 

images
images
images

निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन आज राष्ट्रपति भवनमा आयोजित बेग्लाबेग्लै कार्यक्रममा राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको हो।

images
images

राष्ट्रपति पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आ-आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गरे।

images
images
images

त्यस अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवं स्थायित्वको एउटा आधार भएको बताए। उनले निर्वाचनका माध्यमबाट जनताले लोकतान्त्रिक हकअधिकार प्राप्त गर्नसक्ने हुँदा यो लोकतन्त्रको सुन्दर र अपरिहार्य पक्ष भएको धारणा व्यक्त गरे।

साथै उनले महिला आयोगको प्रतिवेदन ग्रहण गरेपछि धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको बताए।

'तर, जनजीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने देखिएको छ, आगामी दिनमा त्यसमा आयोगले अझ सशक्त र प्रभावकारी रुपमा काम गर्ने मेरो विश्वास छ', राष्ट्रपति पौडेलले भने। रासस


प्रकाशित : मंगलबार, असोज २२ २०८११३:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend