आइतबार, कात्तिक ११ गते २०८१    
images
images

नजिकको हिमताल : तस्बिर कथामा सिकलेसदेखि कापुचे

images
आइतबार, असोज २७ २०८१
images
images
नजिकको हिमताल : तस्बिर कथामा सिकलेसदेखि कापुचे
images
images

कास्की- हिँडेर, डुलेर, नौलाहरूसँग बोलेर भिन्न जीवन भोग्न चाहानेका लागि सधैँ बसिरहेभन्दा फरक जहाँ पुग्दा पनि रोमाञ्चित नै भइन्छ। त्यसमा पनि प्राकृतिक सुन्दरता, प्रेमिल रहनसहन र ठीक्कको हिँडाइले पुगिने स्थान मिलिदियो भने के नै चाहियो र? यस्तै छ सिकलेसदेखि कापुचे यात्रा। 

images
images
images

कास्कीको मादी-१ मा रहेको सिकलेस गाउँ पहाडी ग्रामीण सुन्दरता अवलोकनका लागि अनुपम छ। प्रकृतिले सहजै नदेखाउने नौलो स्वरुप मानव आँखाका लागि उपहार बनेजस्तो। सधैँजसो देख्न मुस्किल हुने यस्ता दृश्यले मनमा कैद गरिदिने तस्बिर वर्षौंसम्म सम्झनामा रहन्छ। प्रविधिको सहायताले 'स्क्रिन' सारेर हेरिरहन मिल्नेगरी तस्बिर नै कैद गर्न सकेपछि त थप के चाहियो र!

kapuche (2).JPG

पोखरादेखि १७ किलोमिटरजति पर छ सिकलेस गाउँ। गाडीमा करिब साढे दुई घण्टाको समय। बढीजसो गुरुङ समुदाय रहेको सिकलेसमा ८ सयजति घरधुरी छन्। पाहुनाको स्वागत गर्न ठूला भनिएका होटलले पनि यहिँका स्थानीयबाट सिकुन् झैँ लाग्छ आत्मिय स्वागत देख्दा। उस्तै छ खानपानको मीठो स्वाद र फरक सुखानुभूति। 

images

सिकलेसबाट पैदल नै कापुचे पुग्दा बाटो ज्यादै याद हुनेगरी पाइतलाहरूसँग समेटिन्छ। उकाला ओरालाले थकाइ बढाए पनि आँखा दृश्य हेरेर थाक्दैनन्। कापुचे पुगेपछिको सुन्दरताले बाटोको थकाइ यसै मेटाइदिन्छ। 

images
kapuche (6).JPG

कापुचे ताललाई समुन्द्र सतहबाट सबैभन्दा तल्लो ठाउँमा रहेको हिमतालका रुपमा चिनिन्छ। बिहानीपख सूर्योदय र सँगै हावाको लहरमा लहरिने कापुचेमा हिमालतिर उडेको वाफले कलाकारले चित्रमा कुची चलाएजस्तो मनमोहक दृश्य बनिदिन्छ। 

कापुचे ताल उदीयमान पर्यटकीय गन्तव्य र नयाँ पदमार्गका रुपमा विकास भएको क्षेत्र हो। समुद्र सतहबाट २ हजार ५ सय ४६ मिटरको उचाइमा रहेको कापुचे पर्यटकीय गाउँ सिकलेसबाट ठीक्कैको हिँडाइले ८ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ। सिकलेसबाट ६ घण्टाजति हिँडेर पुगिन्छ हुगु गाउँ। यो गाउँलाई गोठघर पनि भनिन्छ। कापुचेनजिक मानव बस्ती भएको अन्तिम हुगु गाउँबाट झण्डै दुई घण्टाको उकालोपछि कापुचे पुग्न सकिन्छ। 

kapuche (4).JPG

करिब डेढ दशक अघिसम्म १५ वटासम्म भेडी गोठ रहेको हुगुमा अहिले भने त्यस्ता गोठ छैनन्। तीन वर्षअघिसम्म स्थानीय मेजा गुरुङले भेडी गोठ सञ्चालन गर्दै आए पनि उनले पनि तीन वर्षयता भेडी गोठ छोडेर होटेल व्यवसाय गर्न लागेका छन्। पर्यटन प्रवर्द्धन गर्न सके ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिन्छ भन्ने ठानेका गुरुङ पदमार्ग व्यवस्थित हुनुपर्ने सुनाउँछन्। 

सिकलेसबाट कतै हरिया तेर्सा फाँट त कतै उकालो ओरालो हुँदै साँघुरा बाटामा झरना र खोलाको मीठो दृश्य संगीत पनि अनुभव गर्न पाइन्छ।

kapuche (5).JPG

कापुचेमा बेलाबेला हिमपहिरोले थपिदिने भिन्न आकर्षण भने जोकसैलाई मिलिहाल्ने सुविधा होइन। त्यसबाहेक पनि हिमाल, पहाड र जंगलको खोँचमा ढसमस्स बसिरहेको कापुचे गजव छँदैछ। चिसोमा जमेर एकढिक्का बनिदिने कापुचे गर्मीयाममा भने लहरिरहेकै हुन्छ।

कापुचेको दाँयाबायाँ हरिया जंगल देखिन्छ। उत्तरतिर थोरै लोभ्याउँदो त थोरै डर देखाउँदो हिमाल। दक्षिणतर्फ एक भागमा पहाड र अर्को भागमा पानीको निकास। कापुचेले पर्यटकलाई स्वागत गर्न आफ्नो बदलिँदो स्वरुपसँगै वातावरणीय उलटफेरमा भौगोलिक कठिनाइ पनि देखाइरहेकै छ। हिमपहिरोले फेरिएको कापुचेको स्वरुपमा समायान्तर देखिन्छ। 

jholunge pul.jpg
kapuche (7).JPG
kapuche (8).JPG
kapuche (9).JPG
kapuche (10).JPG
kapuche (12).JPG
kapuche (13).JPG
kapuche (14).JPG
kapuche (15).JPG
kapuche (16).jpg
kapuche (17).JPG
kapuche (18).jpg
kapuche (19).jpg
kapuche (20).JPG
kapuche (21).JPG
kapuche (22).JPG
kapuche (23).jpg


प्रकाशित : आइतबार, असोज २७ २०८१०८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend