बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

ग्लोबल आईएमई बैंकद्वारा ५.५ प्रतिशत लाभांश घोषणा

मंगलबार, असोज २२ २०८१
ग्लोबल आईएमई बैंकद्वारा ५.५ प्रतिशत लाभांश घोषणा

काठमाडौं- ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.५ प्रतिशत लाभांश घोषण गरेको छ। असोज २१ गते बसेको बैंकको ४४६ औँ सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। 

कुल ३६ अर्ब १२ करोड चुक्ता पुँजीका लागि बैंकले ५.५ प्रतिशत बोनस सेयर घोषणा गरेको हो। बैंकद्वारा प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि वितरणको प्रकृया अगाडि बढ्ने छ। 

राष्ट्र बैंकको स्वीकृतिपश्चात बैंकको साधारणसभाले पारित गरेपछि ग्लोबल आईएमई बैंकका लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन्।


प्रकाशित : मंगलबार, असोज २२ २०८१११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend