शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

ईभी ब्याट्रीको मूल्य : १० वर्षअघि प्रतिकिलोवाट आवर सेल मूल्य २९० डलर, २०२४ मा ७८ डलरमात्रै

images
शनिबार, कात्तिक ३ २०८१
images
images
ईभी ब्याट्रीको मूल्य : १० वर्षअघि प्रतिकिलोवाट आवर सेल मूल्य २९० डलर, २०२४ मा ७८ डलरमात्रै

२०२२ को अन्त्यतिरको तुलनामा लिथियमको मूल्य करिब ९० प्रतिशत घटेको छ। यसको मुख्य कारण कच्चा पदार्थको उत्खनन बढ्नु हो।

images
images

काठमाडौं- विद्युतीय सवारीलाई डोर्‍याउने शक्ति ब्याट्री नै हो। विगतमा ब्याट्रीको मूल्य महाँगो भएकै कारण विद्युतीय कारको मूल्य पनि निक्कै महँगो थियो। अहिले सिनारियो बदलिएको छ। 

images
images
images

ब्याट्रीमा प्रयोग हुने पदार्थहरुको म्रलय घटेको र ब्याट्रीको माग बढेका कारण यसको उत्पादन उल्लेख्य रुपमा बढेको छ। विद्युतीय कारको स्वीकार्यता बढ्दै गएकाले ब्याट्रीलगातको आविस्कारमा नवीनता थपिँदै गएको छ। सोहीकारण ब्याट्रीसहित कारको मूल्यमा दिनानू दिन केही न केही कम हुँदै गइरहेको छ भन्दा फरक पर्दैन। 

२०२२ को अन्त्यतिरको तुलनामा लिथियमको मूल्य करिब ९० प्रतिशत घटेको छ। यसको मुख्य कारण कच्चा पदार्थको उत्खनन बढ्नु हो। यसको प्रत्यक्ष प्रभाव ईभीमा प्रयोग हुने लिथियम आयन ब्याट्रीको मूल्य पनि उल्लेख्य रुपमा गिरावट आइरहेको छ। 

images

पछिल्लो १० वर्षमा लिथियम आयन ब्याट्रीको मूल्यमा निक्कै कमी आएको भिजुअल क्यापिटालिस्टले उल्लेख गरेको छ। क्यापिटालिस्टको साझेदार बेन्चमार्क मिनरल इन्टेलिजेन्सले उपलब्ध गराएको तथ्यांकका आधारमा लिथियम आयन ब्याट्री ब्यापक रुपमा घट्दो ग्राफ प्रस्तुत गरिएको हो। 

images

ब्याट्रीको आधाभन्दा बढी मूल्य कम गराउने क्याथोड 

लिथियम आयन ब्याट्रीले करेन्ट कलेक्ट गरेर चार्जिङको माध्यमबाट ब्याट्रीमा पठाउने प्रक्रियाबाट चल्नेछ। ठ्याकै भन्दा ग्राफाइट एनोड लिथियम आयनलाई आकर्षित गरेर चार्जको माध्यमबाट त्यसलाई ब्याट्रीमा पठाउँछ। 

डिस्चार्जका क्रममा क्याथोडले सञ्चित भएको लिथियम आयनमा पठाउने र अर्को करेन्ट कलेक्टरमा च्यानलाइज गर्छ। यही प्रक्रियाबाट चार्ज र डिस्चार्जको समन्यव मिलिरहेको हुन्छ। 

विद्युतीय सवारीको ब्याट्री सेलको मूल्यमा हाल क्याथोडको हिस्सा ५४ प्रतिशत, १८ प्रतिशत एनोड र २८ प्रतिशत अन्य पदार्थको हिस्सा रहेको छ। २०१४ मा लिथियम आयन ब्याट्री सेलको प्रतिकिलोवाट आवरको औषत मूल्य २ सय ९० डलर थियो भने २०२३ मा यो मूल्य १ सय ३ डलरमा आइपुगेको छ। 

पछिल्लो १० वर्षमा यस्तो छ लिथियम आयन ब्याट्रीको मूल्य गिरावट

ब्याट्री सेलको मूल्य प्रतिकिलोवाट आवरमा तय भएको र यो मूल्य विश्व बजारको औषत मूल्य हो।  

२०१४- २ सय ९० डलर 

२०१५- २ सय ३० डलर 

२०१६- १ सय ८० डलर 

२०१७- १ सय ४० डलर 

२०१८- १ सय २८ डलर 

२०१९- १ सय २० डलर 

२०२०- १ सय १० डलर 

२०२१- ९९ डलर 

२०२२- १ सय २९

२०२३- १ सय ३ डलर 

२०२४ को मध्यसम्म- ७८ डलर 

चीनबाट लिथियम आयन ब्याट्रीको सप्लाइ उल्लेख्य भएकाले २०२४ कै बाँकी महिनामा ब्याट्रीको मूल्य अझै घट्ने अनुमान गरिएको छ। ब्याट्रीको मूल्य आगामी वर्षहरुमा अझै घट्ने अनुमान विभिन्न अध्ययनहरुले देखाएका छन्। 

यता ब्याट्री २०४० सम्म पुग्दा विद्युतीय सवारीमा प्रयोग हुने लिथियम आयन ब्याट्रीको माग अहिलेको तुलनामा ९ गुणाले वृद्धि हुने प्रक्षेपण छ। त्यस्तै ब्याट्री उद्योगमा भएको पुँजी लगानी करिब ३ गुणाले बढ्नेछ। २०३० सम्म ब्याट्री उद्योगमा हुने लगानी ५ सय ६७ अर्ब डलर पुग्ने छ भने २०४० सम्म यस्तो लगानी १६ खर्ब डलर पुग्ने अनुमान गरिएको छ। 

पछिल्लो १० वर्षमा विश्व बजारमा लिथियम आयन ब्याट्रीको बजार हिस्सा पनि उल्लेख्य रुपमा बढेको छ। २०१४ मा विश्वका सबै ब्याट्री उत्पादकको कुल क्षमता १ सय ६३ गिगावाट आवर थियो। यो क्षमता २०२३ मा आइपुग्दा बढेर २ हजार ५ सय ५५ गिगावाट आवर पुगेको छ।  

यस्तो छ ९ वर्षको तथ्यांक

२०१६- १ सय ६३ गिगावाट आवर

२०१७- २ सय १९ गिगावाट आवर

२०१८- ३ सय ५३ गिगावाट आवर

२०१९- ४ सय ९६गिगावाट आवर 

२०२०- ७ सय १० गिगावाट आवर 

२०२१- १ हजार २६ गिगावाट आवर 

२०२२- १ हजार ६ सय ५२ गिगावाट आवर 

२०२३- २ हजार ५ सय ५५ गिगावाट आवर 

२०२४(६ महिनासम्म)- ३ हजार ४ सय ७६ गिगावाट आवर 


प्रकाशित : शनिबार, कात्तिक ३ २०८१०९:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend