बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

बाढी प्रभावित क्षेत्रको जानकारी लिँदै गृह, भौतिक र रक्षामन्त्री सिन्धुलीमा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २२ २०८१
images
बाढी प्रभावित क्षेत्रको जानकारी लिँदै गृह, भौतिक र रक्षामन्त्री सिन्धुलीमा

उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली-रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरे।

images
images

सिन्धुली- बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन संघीय सरकारका तीन मन्त्री सिन्धुली आएका छन्। गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान खुर्कोट आइपुगेको हो। 

images
images
images

उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली-रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरे।

images
images

रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ। उनीहरूले सो कामको निरीक्षणसमेत गरेका छन्।

images
images

अहिले बाढीपहिरोबाट भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनःनिर्माण, उद्धार र राहतका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेलगायत स्थानीयवासीसँग छलफल भइराखेको छ। मन्त्रीहरु यहाँबाट सिन्धुपोल्चोकको चौतारा जाने कार्यक्रम रहेको जनाइको छ। रासस


प्रकाशित : मंगलबार, असोज २२ २०८११०:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend