शुक्रबार, जेठ ४ गते २०८१    
images
images

लुम्बिनी क्षेत्र विकास कोषका १९ विद्युतीय सवारी सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

images
शनिबार, माघ १ २०७८
images
images
लुम्बिनी क्षेत्र विकास कोषका १९ विद्युतीय सवारी सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

सरकारले दाताको सहयोगमागौतम बुद्ध अन्तर्राष्ट्रिय विमास्थलदेखि लुम्बिनीसम्म सञ्चालन गर्ने भनी खरिद गरेको १९ वटा विद्युतीय सवारी निजी क्षेत्रलाई सञ्चालन गर्न दिने भएको छ।

images
images

काठमाडौं- सरकारले दाताको सहयोगमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि लुम्बिनीसम्म सञ्चालन गर्न खरिद गरेको १९ वटा विद्युतीय सवारी निजी क्षेत्रलाई सञ्चालन गर्न दिने भएको छ।

images
images
images

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा खरिद गरिएका ५ वटा १९ सिट क्षमताका विद्युतीय बस र १४ वटा ५ सिट क्षमताका भ्यान निजी क्षेत्रबाट सञ्चालान गर्ने गरी निर्णय भएको छ।

images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी क्षेत्र विकास कोषका लागि भन्दै १९ वटा विद्यूतीय सवारी खरिद गरेको थियो। एडीबीको सहयोगमा खरिद गरेको सवारी २०७७ माघको अन्त्यतिर नै नेपाल आइपुगेको थियो। करिब १२ लाख डलर लागतमा खरिद गरिएको बस प्राविधिक कारण हस्तान्तरण हुन सकेको थिएन।

images
images

केही सयम अगाडि मात्रै बस ल्याउने बीवाईडीले बस मन्त्रालयलाई हस्तान्तरण गरेको थियो। बस हस्तान्तरण भएपछि कोषले सबै प्रक्रिया पूरा गरेर बस कोषको नाममा ल्याउने प्रक्रिया थालेको थियो। कोषका सदस्यसचिव सानुराजशाक्य अनुसार बस कोषको नाममा ल्याउन गर्नु पर्ने सबै प्रक्रिया पूरा भएको र केही दिनमै कोषको नाममा आउने बताए।

images
images

सवारी आएपछि कोरोनाको दोस्रो लहर सुरु हुँदा बस ल्याउने कम्पनीले गर्नुपर्ने काम पूरा नभएको र पछि मन्त्रालयले पनि हस्तान्तरण केही समय ढिला गरेको थियो। चीनमा सवारी उत्पादन तथा बिक्री गर्दै आएको बीवाईडी कम्पनीका लागि विद्युतीय गाडीको एजेन्ट कम्पनी ‘साइमेक्स’सँग बस नेपाल ल्याएको थियो।

यसरी ल्याइएको बस कोषले आफै सञ्चालन नगर्ने भएको छ। बस सञ्चालनको जिम्मा सार्वजनिक खरिद ऐनअनुसार टेन्डर गरेर निजी क्षेत्रलाई दिइने भएको छ। बस निजी क्षेत्रलाई सञ्चालन गर्ने दिने निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले आफै पर्यटन मन्त्रालयको जिम्मेवारी लिएको बेला हो। कोषको परिषदको बैठक पर्यटन मन्त्रीको अध्यक्षमा बस्छ। सोहीअनुसार देउवाले पर्यटन मन्त्रीको जिम्मेवारी लिएको बेला बसेको परिषदको बैठले सवारी निजी क्षेत्रलाई सञ्चालन गर्न दिन निर्णय गरेको हो।

ढिला गरी आएको बस १ वर्षसम्म चौरमै

बस साढे दुई वर्ष अगाडि नै नेपाल आउनु पर्ने थियो। तर साढे दुई वर्षपछि २०७७ माघमा नेपाल आएको थियो। यसरी आएको बस १ वर्षसम्म कोषको चौरमै थन्किएको थियो।

सम्झौताअनुसार कम्पनीले साढे दुई वर्षअघि नै दुई वटा बस नेपाल ल्याएको थियो। तर सम्झौता अनुसारको बस नभएको भन्दै फिर्ता गरेर पुनः नयाँ ल्याउने सहमति भएको थियो। पहिलो पटक ल्याइएको बसमा १७ वटा कमजोरी फेला परेसँगै फिर्ता भएको थियो।

पहिलो पटक १५ करोडको लागतमा १५० किलोवटा क्षमतनाको चार्जिङ स्टेशन

कोषले सञ्चालन गर्ने विद्युतीय बस चार्जिङका लागि सोलार चार्जिङ स्टेशन निर्माण भएको छ। यो नेपालमा बनेको पहिलो सोलार चार्जिङ स्टेशन हो। यसको लागत १५ करोड रुपैयाँ हारहारीमा रहेका छ। चार्जिङ स्टेशनको क्षमता १५० किलोवटाको हो। स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। चार्जिङ स्टेशनमा ठूलो बस चार्जिङ गर्न  २ वटा  पोर्ट, कार, जिप, भ्यानका लागि १५ वटा पोर्ट र टेम्पो तथा रिक्साका लागि ४० देखि ५० वटा पोर्ट बनेको शाक्यले जानकारी दिए। 

प्रतिप्यानल २ सय ६० वाटका ५ सय ९४ वटा सोलार प्यानलमार्फत् उत्पादित विद्युत ब्याट्रीमा स्टोर गरी रातिको समयमा समेत गाडीहरू चार्ज गर्न मिल्ने व्यवस्था गरिएको छ। 

निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नजिकै जडान गरिएको सोलार प्लान्टबाट उत्पादित १ सय ५० किलोवाट विद्युत नेपाल विद्युत प्राधिकरणको ग्रिड हुँदै चार्जिङ स्टेशनमा पुर्‍याइएको हो।


प्रकाशित : शनिबार, माघ १ २०७८०१:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend