बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

दोलखा हुँदै जाने सवारीसाधनको चापलाई ध्यानमा राखेर ‘टाइम कार्ड’ लागु

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २१ २०८१
images
दोलखा हुँदै जाने सवारीसाधनको चापलाई ध्यानमा राखेर ‘टाइम कार्ड’ लागु

साथै यात्रु सहायता कक्षमार्फत ट्राफिक नियमबारे सचेत गराउने, क्षमताभन्दा बढी यात्रु बोकेमा, तोकिएभन्दा बढी भाडा लिएमा जाँच गर्ने प्रहरीले जनाएको छ।

images
images

दोलखा- रामेछाप, ओखलढुंगा, मन्थली, सोलुखुम्बूलगायतका सवारीसाधन दोलखा हुँदै जाने चापलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापनासहित टाइम कार्ड लागु गरेको छ। 

images
images
images

चाडपर्वमा हुने भीडभाडमा यात्रुको सहजताका लागि खरिढुंगा, सातदोबाटो चरिकोट, सिङ्गटी, जिरीमा यात्रु सहायता कक्ष स्थापना गरी टाइम कार्ड लागु गरेको हो।

images
images

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार खरिढुंगा-चरिकोट (२२ किमी) कम्तीमा एक घण्टा, चरिकोट-किर्नेटार (३९ किमी) कम्तीमा एक घण्टा ३५ मिनेट, चरिकोट-जिरी (५६ किमी) कम्तीमा दुई घण्टा १५ मिनेट र चरिकोट-सिँगटी (३९ किमी) का लागि कम्तीमा एक घण्टा ३५ मिनेट समय तोकिएको छ।

images
images

यात्राका क्रममा असहजता महसुस भए सहायता कक्षामा उजुरी वा गुनासो गर्न ट्राफिक सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख ठाकुर भट्टराईले बताए। खरिढुंगा सहायता कक्ष आज जिल्ला प्रमुख अधिकारी टुवाराज पोखरेल उद्घाटन गरे। 

यात्रु सहायता कक्षमार्फत ट्राफिक नियमबारे सचेत गराउने, क्षमताभन्दा बढी यात्रु बोकेमा, तोकिएभन्दा बढी भाडा लिएमा जाँच गर्ने प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

गत असोज ११ र १२ गतेको बाढीपहिरोले अन्य जिल्लाका विभिन्न पुल र सडक बगाउँदा दोलखा हुँदै काठमाडौँ आवतजावत गर्ने रामेछाप, ओखलढुंगा मन्थली, सोलुखुम्बूलगायत सवारीसाधन दोलखा हुँदै गुड्न थालेका हुन्। रासस


प्रकाशित : सोमबार, असोज २१ २०८११८:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend