बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

वर्षाका कारण सुनसरीमा १७ करोड मूल्यबराबरको क्षति

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २१ २०८१
images
वर्षाका कारण सुनसरीमा १७ करोड मूल्यबराबरको क्षति

४८ हजार ९ हेक्टरमा लगाइएको धानबालीमध्ये ९ सय ३५ हेक्टरको धान नष्ट हुँदा आठ करोड ३८ लाख मूल्य बराबरको क्षति भएको छ।

images
images

सुनसरी- वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै १७ करोड ११ लाख ८० हजार मूल्य बराबरको क्षति भएको छ।

images
images
images

जिल्लाका विभिन्न ठाउँमा लगाइएको अन्नबाली, केरा खेती, तरकारी, उखुलगायत नगदेबाली नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले जानकारी दिए।

images
images

श्रेष्ठका अनुसार ४८ हजार ९ हेक्टरमा लगाइएको धानबालीमध्ये ९ सय ३५ हेक्टरको धान नष्ट हुँदा आठ करोड ३८ लाख मूल्य बराबरको क्षति भएको छ।

images
images

त्यसैगरी पाँच सय १० हेक्टरमा लगाइएको केरा खेती जसमा ३८ दशमलव २५ हेक्टर नष्ट हुँदा ३७ लाख मूल्य बराबरको क्षति भएको छ। सागसब्जी तरकारी आठ हजार एक सय ५३ हेक्टरमा लगाइएकामा तीन सय ५४ हेक्टर नष्ट हुँदा चार करोड ५२ लाख बराबरको क्षति भएको छ।

उखु पाँच हजार आठ सय ७७ हेक्टरमा लगाइएकामा एक सय २४ हेक्टरमा नष्ट हुँदा दुई करोड ८० लाख बराबरकोको क्षति भएको जनाइएको छ। जुट एक हजार तीन सय आठ हेक्टरमा लगाइएकामा ९७ हेक्टरमा नष्ट हुँदा १० लाख ४८ हजार बराबरको क्षति भएको अधिकृत श्रेष्ठले जानकारी दिए। 

सुनसरीमा सबैभन्दा बढी देवानगञ्ज, कोशी, भोक्राह नसिङ गाउँपालिका र इनरुवा नगरपालिकामा क्षति भएको छ। सूचना अधिकारी श्रेष्ठले भने, 'क्षति विवरण संकलन गरिरहेका छौँ। सबै पालिकामा पत्र पठाइसकेका छौँ। आउने क्रम जारी छ।' रासस


प्रकाशित : सोमबार, असोज २१ २०८११८:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend