काठमाडौं- देशभर आज माघे संक्रान्ति पर्व मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। माघ १ देखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन्।
माघ १ मा घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी खाने, दान गर्ने, जलाशयमा गई स्नान गर्ने जस्ता कामलाई धार्मिक/सांस्कृतिक रुपमा राम्रो मानिने गरेको छ।
काठमाडौं टोखालगायत क्षेत्रमा चाकुका लागि विशेष मानिने गरिएको छ। टोखामा सादा चाकुसँगै खुवा चाकु र स्पेसल चाकु जस्ता फरक स्वादमा चाकुसमेत पाइने गरिन्छ।
तस्बिरहरू : रासस