बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

प्रभु समूहमार्फत दैवीप्रकोप उद्धार कोषमा १ करोड ७५ लाख सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २१ २०८१
प्रभु समूहमार्फत दैवीप्रकोप उद्धार कोषमा १ करोड ७५ लाख सहयोग

काठमाडौं- बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्‍याएको हुँदा पीडित तथा प्रभावित परिवारका लागि सहायतास्वरुप प्रभु समूहमार्फत एक करोड पचहत्तर लाख रुपैयाँ सहयोग गरिएको छ।

'नेपाल सरकारलाई पिडीतहरुको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले प्रभु समूहअन्तर्गतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै सोमबार एक कार्यक्रमका बीच प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड पचहत्तर लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो' प्रभु बैंकले जनाएको छ। 

प्रभु समूहअन्तर्गतका संस्थाहरुबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पीडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा यस समूहले राखेको छ। 


प्रकाशित : सोमबार, असोज २१ २०८११५:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend