मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

३८ प्रतिशत लाभांश पारित गर्दै नबिलको साधारणसभा सम्पन्न, चुक्ता पुँजी १८ अर्ब ४९ करोड पुग्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ३० २०७८
images
images
३८ प्रतिशत लाभांश पारित गर्दै नबिलको साधारणसभा सम्पन्न, चुक्ता पुँजी १८ अर्ब ४९ करोड पुग्यो
images
images

काठमाडौं- नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको नबिल बैंकको साधारणभा शुक्रबार सम्पन्न भएको छ। बैंकको साधारणसभाले सेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ।  

images
images

बैंकको ३७ औँ वार्षिक साधारणसभा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश ३३.६० सेयर र ४.४० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावित बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ।

images
images

आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औँ वैठकले संचालक समितिको अध्यक्षमा पुन: उपेन्द्र प्रसाद पौडेललाई चयन गरेको छ। 

images
images
images

बैंकले स्थापनाकालदेखि हालसम्म १६ अर्बभन्दा बढी रकम देशको राजस्वमा योगदान गरिसकेको समेत जनाएको छ। नबिल बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट काउन्टरहरु रहेका छन्। 


प्रकाशित : शुक्रबार, पुस ३० २०७८१२:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend