काठमाडौं- एभरेष्ट बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभा असोज २० गते आइतबार सम्पन्न भएको छ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ।
यस सभाले सेयरधनीहरुलाई आव २०८०/८१ का लागि १० प्रतिशत बोनस सेयर र ५.५३५ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साथै यस सभाले बैंकको संचालक समितिमा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट नबिनभक्त श्रेष्ठ र उर्मीला श्रेष्ठलाई आगामी ४ वर्षका लागि पुन: निर्विरोध निर्वाचित गरेको छ। आव २०८१/८२ को लागि एन अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन: नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको जनाएको छ।